MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

उत्तर कोरियाले प्रहार गर्‍यो ‘सि अफ जापान’ मा ब्यालेस्टिक मिसाइल

चैत २३ – उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्र सिङ्पोबाट द सि अफ जापानमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

मिसाल झण्डै ६० किलोमिटर परसम्म गएर समुद्रमा खसेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । गएको महिना उत्तर कोरियाले सि अफ जापान तर्फ चारवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि किसिमको आणविक हतियार बनाउन तथा प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको छ । उसले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिका भ्रमण सुरु गरेकै बेला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच उत्तर कोरियाको विषयमा छलफल हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया