MENU

अर्थ

Ncell Axiata
USAID

दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर

काठमाडौं, चैत २३ – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४१ पैसा र विक्रिदर २३ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २३ पैसा र विक्रिदर ९ रुपैयाँ २८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ४० रुपैयाँ १९ पैसा छ भने विक्रिदर तीन सय ४२ रुपैयाँ १५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७५ रुपैयाँ १७ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ ७६ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया