MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

विश्वमा ६० हजार प्रजातिका बिरुवा, कुन देशमा बढी ?

चैत २३ – विश्वमा अहिले ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको नयाँ अध्ययनले देखाएको छ । बोटानिलक गार्डेन्स कन्जरभेसन इन्टरनेशनल (बिजिसिआई) ले विश्वभरमा गरेको अध्ययनबाट अहिले पृथ्वीमा ६० हजार ६५ प्रजातिका बोटबिरुवा रहेको पाइएको हो । बिजिसिआईले विश्वभरमा रहेका पाँच सय भन्दा धेरै सदस्य संस्थाबाट तथ्यांक संकलन गरी बोटबिरुवाको नयाँ तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । द जर्नल अफ सस्टेनेवल फरेस्टीमा प्रकाशित भएको प्रतिवेदन अनुसार सबै भन्दा धेरै बिरुवाको प्रजाति रहेको देश ब्राजिल हो । ब्राजिलमा ८ हजार ७ सय १५ प्रजातिका बोटबिरुवा छन् । यस्तै उत्तरी ध्रुवमा बिरुवा नभएको उत्तर अमेरिका बिरुवाका कम प्रजाति भएको क्षेत्र हो । त्यहाँ १४ सय भन्दा कम प्रजातिका विश्वमा पाइने आधा भन्दा बढी प्रजातिका बिरुवा एक देशमा मात्रै पाइने गरेको अध्ययनले देखाएको छ । ५८ प्रतिशत बिरुवाका प्रजाति एक देशमा मात्रै पाइने र ती प्रजाति जोखिममा रहेको उल्लेख गरिएको छ । वन फडानी तथा मौसममा आएको परिवर्तका कारण पनि ती प्रजाति लोप हुने जोखिम छ । झण्डै तीन सय प्रजातिका बिरुवा अति संकटापन्न अवस्थामा रहेको पाइएको छ । ती हरेक प्रजातिका बिरुवाको संख्या ५० भन्दा कम संख्यामा छ । विश्वभरबाट प्राप्त भएको तथ्यांकको विश्लेषणको सुरुवाति चरणमा रहेकाले बिरुवाको प्रजातिको संख्यामा फेरबदल हुन सक्ने बिजिसिआईका महासचिव पल स्मिथले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया