MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

आङ साङ सुची : रोहिन्ग्या समुदायको आम हत्या भएको छैन

चैत २४ – म्यानमारमा अल्पसंख्यक रोहिन्ग्या मुसलमान समुदायलाई लक्षित गरी हत्याका घटना नभएको नेतृ आङ साङ सुचीले दाबी गर्नुभएको छ । रोहिन्ग्या मुसलमानमाथि म्यानमार सरकारले अत्याचार गरेको तथा उनीहरुको हत्या भएको भन्ने प्रतिवेदनहरु आइरहेको भएपनि नेतृ सुचीले भने समस्या रहेको तर आमहत्या भने नभएको बताउनुभएको हो । बिबिसीसँगको अन्तर्वार्ताको क्रममा नेतृ सुचीले रोहिन्ग्या मुलमानको बसोबास रहेको राखिने राज्यमा समस्या रहेको तर बाहिर आएजस्तो रोहिन्ग्या मुसलमान समुदायको हत्याको नभएको दाबी गर्नुभयो । रोहिन्ग्या समुदाय समस्यामा रहेको तर उनीहरुलाई सखाप पार्ने गरी जातिय हत्या नभएको नेतृ सुचीको भनाई छ । मानवअधिकारवादी नेतृको छवी बनाउनुभएकी सुची रोहिन्ग्या समुदायका बारेमा मौन बस्दै आउनुभएको थियो । यसले उहाँको छवीमा नकारात्मक असर परेको पनि विश्लेषण गरिएको छ ।

तर अहिले आएर उहाँले समस्या रहेको तर बाहिर आएजस्तो रोहिन्ग्या मुसलमानलाई सखाप पार्ने उद्देश्यले आम हत्या भएजस्तो आफूलाई नलाग्ने बताउनुभएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया