MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

ट्रम्पले स्टिभ बेननलाई एनएससीबाट हटाए

चैत २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिभ बेननलाई राष्ट्रिय सुरक्षा परिषद (एनएससी) बाट हटाउनुभएको छ । ट्रम्पले उच्च राजनीतिक सल्लाहकारलाई एनएससीको पदबाट हटाउनुभएको हो ।

बेनन राष्ट्रपति ट्रम्पको लामो समयदेखिको राजनीतिक सल्लाहकार तथा सहयोगी रहँदै आउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमले ट्रम्प राष्ट्रपति भएपनि सबै निर्णय बेननले गराउने गरेको बताउँदै आएका छन् । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा बेननलाई एनएससीको सदस्यमा नियुक्त गर्नुभएको थियो । एनएससीको सदस्यबाट हटाइए पनि बेननको बरियतामा कुनै किसिमको फेरबदल नहुने ह्वाइट हाउसका सल्लाहकारले बताएका छन् ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनमाथि निगरानी गर्नका लागि बेननलाई एनएससीमा राखिएको ह्वाइट हाउस स्रोतले जनाएको छ । फ्लने रुससँगको सम्बन्धका कारण गएको फ्रेबुअरीमा नै बर्खास्त भएकाले बेनन एनएससीमा बसिरहनु पर्ने अवस्था नरहेको दाबी गरिएको छ ।

तर ह्वाइट हाउसमा ट्रम्पका ज्वाईं ज्यारेड कुश्नरको प्रभाव बढ्दै गएकाले बेनन एनएससीबाट हटाइएको विश्लेषण गरिएको छ । एनएससी राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा सल्लाह दिने मुख्य समूह हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया