MENU

अर्थ

Ncell Axiata
USAID

बिहीबारका लागि रियाल, रिंगिट, दिर्हामलगायतका विदेशी मुद्रा सटही दर

काठमाडौं, चैत २४ – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रिदर २८ रुपैयाँ ६४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २३ पैसा र विक्रिदर २८ रुपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४० पैसा र विक्रिदर २३ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ९० पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ८६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ९४ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ ५४ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया