MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्दा क्यान्सरको खतरा

चैत २४ – लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा बढी हुने एक अध्ययनले देखाएको छ । लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने व्यक्तिको मलद्वारमा ट्युमर बढ्ने र त्यसले क्यान्सरको जोखिम बढाउने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । एन्टिबायोटिकका कारण पेटमा रहेका किरा मर्ने क्रममा फेरबलद हुने भएकाले ट्युमर बढ्ने खतरा हुने र त्यो ट्युमर क्यान्सरको कारण बन्न सक्ने गुट् जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । एन्टिबायोटिक, ट्युमर र क्यान्सरबिचको सम्बन्धका बारेमा थप अनुसन्धानको खाँचो रहेकाले अहिले नै एन्टिबायोटिक लिन बन्द भने नगर्न अनुसन्धानकर्ताले आग्रह गरेका छन् । मलद्वारमा सानो मात्रामा ट्युमर बन्नु सामान्य मानिन्छ । तर एन्टिबायोटिकका कारण असामान्य अवस्थाको ट्युमर बढ्ने खतरा देखिएको हो । ४० देखि ५० वर्षको उमेरमा लगातार दुई महिना वा त्यो भन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नेमा असामान्य ट्युमर बढ्ने खतरा बढी देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया