अर्थ
सेयरबजार ६ अंकले घट्यो
- Thursday, Apr 06, 2017
- 15:16 PM ( 1 year ago )
- Total Views: 2.2 K
काठमाडौं, चैत २४ – सेयर बजार परिसुचक नेप्से बिहीबार ६ अंक भन्दा धेरैले घटेको छ । बजार खुलेको केही समय बढे पनि त्यसपछि घट्न थालेको बजार बन्द हुँदा ६ दशमलव ३६ अंकले घटेर १६ सय ५१ भन्दा तल झरेको हो ।
बीमा बाहेकका सबै समूह ओरालो लागेको दिन बिहीबार सबैभन्दा धेरै होटल समूह झण्डै ५२ अंकले घटेको हो । त्यस्तै, जलविद्युत २२ दशमलव २२, विकास बैंक १६ दशमलव ८२, बैंकिङ्ग ६ दशमलव ७६, र वित्त समूह १ दशमलव ५ अंकले घटेको छ ।
अरु परिसुचक घटेपनि बिहीबा बीमा समूह भने ३२ दशमलव ४७ अंकले बढेको छ । १ अर्ब ३८ लाख ६३ लाख भन्दा धेरैको सेयर कारोबार भएकोमा बिहीबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर १२ करोड ७८ लाख भन्दा बढीको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार नेपाल इन्स्योरेन्स कम्पनी, सुर्य लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । यस्तै, ग्रीन डेभलपमेण्ट बैंक, गोर्खाज फाइनान्स र मेरो फाइनान्सका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाएका छन् । तर नेपाल ग्रामीण विकास बैंकको शेयर मूल्य १० प्रतिशत र रिडी हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्बन्धित सामग्रीहरु
-
कर्णाली प्रदेशको १ अर्ब बजेट : राउटेलाई घरदेखि केबलकारसम्मका योजना
सुर्खेत, वैशाख १३ – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।
-
नेपालगञ्जमा पनि ट्याङ्करमा लकिङ्ग सुरु
बाँके, वैशाख १३ – नेपाल आयल निगमको नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङुकरमा ‘लकिङ्ग सिस्टम’ सुरु गरेको छ ।
-
प्रदेश नम्बर ३ मा एक अर्ब २ करोडको बजेट प्रस्तुत
मकवानपुर, वैशाख १३ – तीन नम्बर प्रदेश सरकारले बिहीबार चालु आर्थिक वर्षको बजेट संसद सचिवालयमा प्रस्तुत गरेको छ ।
-
कतारी रियालको मुल्य बढ्यो, दिर्हाम र मलेसियन रिंगिट पनि उकालो लाग्दै
काठमाडौं, वैशाख १३ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।
-
नौ महिनामा नेपाल बैंकको नाफा साढे दुई अर्ब बढी
काठमाडौं, वैशाख १३ – नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षका सुरुका नौ महिनामा दुई अर्ब ५६ करोड ७७ लाख खुद नाफा कमाएको छ ।
-
सात वर्षपछि मेसीले पाए आफ्नै नामको ‘ट्रेडमार्क चिन्ह’
वैशाख १४ – बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका छन ।
- युरोपा लिगको सेमिफाइनमा आर्सनल र मड्रिड बराबरीमा
- भैँसी गर्भाधारण अनुसन्धान सफल : जुनसुकै मौसममा गर्भाधारण गराउन सकिने
- गेल फर्किए, युवराजलाई आराम
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
प्रतिक्रिया दिनुहोस