MENU

विज्ञान प्रविधि

Ncell Axiata

वैशाख १५ पछि सबै केवल टिभी डिजिटल हुनै पर्ने

काठमाडौं, चैत २४ – सरकारले वैशाख १५ गतेपछि सबै केवल टिभी डिजिटल स्वरुपमा मात्र चल्न पाउने बताएको छ । प्रविधि पत्रकार मञ्चले गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले वैशाख १६ गतेदेखि कुनै पनि हालतमा एनालग केवल टीभी सञ्चालन हुन नदिने बताउनुभएको हो । 

नयाँ प्रविधिको नियमन गर्न समस्या भैरहेकोले प्रविधि व्यवस्थापन नियमन गर्न छुट्टै संयन्त्र बनाइने उहाँले बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र सापकोटाले एनालग प्रविधिमा लाइसेन्स लिएकालाई डिजिटल बनाउन र पारदर्शी नियमनको लागि आगामी वैशाख १५ गतेपछि सबै एनालग टिभी बन्द गरिने बताउनुभयो । 

कार्यक्रममा केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले आफूहरु पनि डिजिटल प्रविधिमा जान तयार रहेको तर त्यसको लागि चाहिने सेटअप बक्समा सरकारले कर छुट गरेमा उपभोक्तालाई सहज हुने बताउनुभयो । 

अन्तर्राष्ट्रिय दुरसञ्चार प्राधिकरणले सन् २०१७ भित्र सबै टिभी डिजिटल बनाउन निर्देशन दिएपछि सरकारले २०७४ सालको वैशाख १६ गतेभित्र सबै उपमहानगर र महानगरपालिका तथा २०७५ सालको वैशाख १६ गतेसम्म देशैभर एनालग टिभी हटाएर डिजिटल बनाउने नियम परित गरिसकेको छ । अहिले २० देखि २५ लाख टिभीमा केवल टिभी जोडिएको अनुमान छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया