MENU

अर्थ

Ncell Axiata
USAID

हिमालय एअरलाइन्सले अब दुबईमा दैनिक उडान भर्ने

काठमाडौं, चैत २४ – नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले वैशाख १५ गतेदेखि काठमाडौं–दुबई–काठमाडौं प्रत्यक्ष उडान भर्ने भएको छ । दोहा, क्वालालम्पुरर, याङगुनको नियमित उडानपछि हिमालय एअरलाइन्सले दुबईमा नयाँ नियमित उडान गर्न लागेको हो । 

दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाइन्सले तीनवटा एअरबस ए–३२०–२१४ मध्ये एउटा एअरबस दुबईमा सञ्चालन गर्ने एअरलाइन्सले जनाएको छ । एअरबसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमिक क्लास रहेको छ । 

उडान नम्बर एच९ ५५७ को विमान काठमाडौंबाट १० बजेर ४० मिनेट जाँदा उडेर दुबईमा स्थानीय समय अनुसार १ बजेर २५ मिनेट जाँदा अवतरण गर्नेछ । यस्तै उडान नम्बर एच९ ५५८ दुबईबाट स्थानीय समय अनुसार दुई बजेर २५ मिनेट जाँदा उडेर काठमाडौंमा बेलुका ८ बजेर २० मिनेट जाँदा अवतरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया