MENU

अर्थ

ujyaalo forign call inside

​सिमेन्टको भाउ नबढाउन उद्योग मन्त्रीको आग्रह

काठमाडौं, चैत २४ – उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणका बेला सिमेन्टको भाउ नबढाउन ब्यवसायीलाई आग्रह गर्नुभएको छ । 

नेपाल सिमेन्ट उत्पादन संघले सिमेन्टमा प्रति बोरा २० देखि २५ रुपैयाँ भाउ बढाउने निर्णय गरेपछि उद्योग मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापालाई उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभएको हो । 

संघका अध्यक्ष थापाले सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको भाउ बढेका कारण सिमेन्टको पनि भाउ बढाउनु परेको र यस सम्बन्धमा उत्पादकहरुसँग छलफल गरी आइतबार जवाफ दिने बताउनुभएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया