MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

सिरियामाथि अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

चैत २५ – अमेरिकाले सिरियाको केही इलाकामा मिसाइल आक्रमण गरेको छ । अहिलेसम्म ५० वटा मिसाइल आक्रमण गरिसकेको बिबिसीले जनाएको छ । सिरियामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा आक्रमण भइरहेको हो ।

गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए । अहिले भइरहेको मिसाइल आक्रमणको असरबारे कुनै जानकारी आएको छैन ।

बिहीबार सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल गरेको थियो । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल गरेका थिए । छलफलपछि शुक्रबार अमेरिकाले मिसाइल आक्रमण गरिरहेको हो । 

छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहरने पनि बताउनु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियाको नेतृत्वलाई केही गर्नुपर्ने चेतावनी दिएका थिए । विकसित देशहरुले सिरियामा द्वन्द्व समाधानमा भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया