MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

यसकारण देउवालाई निधिभन्दा थापा महत्वपूर्ण

लक्ष्मण कार्की -

दुईजना उपप्रधानमन्त्रीमा को वरिष्ठ भन्ने विवादले मन्त्रीपरिषदको बैठक बस्न नसकेको एक महिना पुग्न लाग्यो । यहाँसम्मकी बरिष्ठ तोक्न नसक्दा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वीकृत नै नगरि चीन भ्रमणमा जानुभयो । दृष्यहरु यस्ता पनि देखिए प्रधानमन्त्रीको छेउमा बसेको भरमा बरिष्ठ होइन्छ भनेर उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाले ‘तानातान’ नै गरे । अनि कुटनीतिक भेटघाटमा राष्ट्रिय झण्डा आफ्नो टेबुलमा राखेर पनि बरिष्ठ म हुँ भन्ने सन्देश दिन खोजियो । 

धेरैजनाले बरियतामै किन किचकिच भइरहेको होला भनेर प्रश्न उठाइरहेपनि यो विषय अहिलेको मात्र नभइ आउँदो सरकार गठनसम्मलाई प्रभावित गर्ने विषय भएकाले प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरवहादुर देउवा यो विषयमा गम्भीर छन् । त्यसैकारण विहिबार मन्त्रीपरिषद बैठक बस्ने तयारी सकिएपनि अन्तिम समयमा बैठक नै आइतबारसम्मका लागि स्थगित गरिएको छ । 

यसको कारण हो राप्रपाको साथ नयाँ सरकारलाई पनि चाहिनु । राष्ट्रिय राजनीति अहिले एक खालको धु्रविकरणको अवस्थामा छ । एकातिर एमाले र अर्कातिर काँग्रेस माओवादीले एकएक वटा धु्रवको नेतृत्व गरिरहेका बेला राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापा ‘बेखुश’ भएर एमालेतिर गए गठबन्धनलाई समस्या पर्नेछ । सत्तारोहणका लागि जता मल्खु उतै ढल्खु हुने स्वभावका थापाले केही दिनअघि  एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर देउवा र दाहालको मनमा ढ्याङ्ग्रो बजाइदिइसकेका छन् । 

यस्तो बेलामा बरियताको विवादमा धेरै किचलो गर्नुभन्दा थापालाई नै दोश्रो नम्बरमा राख्दा पनि केही नबिग्रने देउवाको बुझाई छ । स्थानीय चुनाव पछि सत्ता सम्हाल्ने तयारीमा रहेका देउवाका लागि ३७ सिट भएका थापाको महत्व निकै नै छ । अर्कातिर मधेशी मोर्चा र फोरम लोकतान्त्रिकले समेत समर्थन फिर्ता लिएको अवस्थामा थापा झनै प्रिय हुने नै भए । 

त्यहि भएर त बुढानिलकण्ठमा देउवालाई भेटेर आएलगत्तै उपप्रधानमन्त्री थापाले भने ‘बरियताको विवाद अब मिलिसक्यो ।’

आफुलाई बरियतामा कमल थापाभन्दा माथि राख्ने गरि मन्त्रीपरिषदको बैठक बस्ने तयारी भइरहेपनि अन्तिममा बैठक नै स्थगित भएको रनाहामा काँग्रेसबाट मन्त्री बनेकाहरुको छुट्टै भेला गरेका निधिले थापा भन्दा तल राखिए राजिनामा नै दिने बताएपनि मन्त्रीहरुले नै त्यसो नगर्न सुझाव दिएका छन् । मन्त्रीहरुको जोड पनि त्यहि थियो कि कमल थापाले सरकार छोडेर गए भने त्यसले पार्ने प्रभाव तपाईंको वरियताभन्दा ठूलो कुरा हो । त्यसैकारण निधि लगायतका मन्त्रीहरु सभापति  देउवालाई बरियताको टुंगो लगाउने निर्णय गर्ने जिम्मा दिएर निवास फर्किए । 

स्थानीय चुनावको मिति नजिकिंदै जाँदा सत्ता साझेदार मुख्य दल काँग्रेस र माओवादी केन्द्रबिच खटपट शुरु भएको छनक आउँदै गर्दा बरियताको कुरा पनि थपिएको छ । चैतपछि आलोपालो गरेर प्रधानमन्त्री बन्ने लिखित सम्झौता नै गरेर सत्ता साझेदारी गरेपनि प्रधानमन्त्री दाहालले चुनाव लम्ब्याउन चाहेको देउवाले शंका गर्न थालेका छन् । यस्तो बेलामा पनि कमल थापा देउवाका लागि झनै महत्वपूर्ण पात्र छन् । देउवाका लागि निधि रिसाउनु भन्दा कमल थापाले साथ छोड्नु धेरै हिसाबले अर्थपूर्ण हुन्छ । काँग्रेसका एकजना मन्त्रीले अनौपचारिक कुराकानीमा भने ‘निधि जि त जति नै रिसाएपनि देउवालाई छोडेर जानुहुन्न तर कमल थापाले त अर्को समिकरणलाई नै साथ पनि दिन सक्छन् ।’

थापालाई पहिलो वरियतादिइए निधि मन्त्रीपरिषदमा बस्ने कि नबस्ने भन्ने दुविधामा रहेको उनी निकट श्रोतले बताएको छ । आफू बरिष्ठ भएपनि थापालाई बरिष्ठ बनाएको अवस्थामा राजिनामा दिने बताउँदै आएका निधिलाई काँग्रेसबाट मन्त्री बनेकाहरु तथा सभापति देउवाले समेत राजनीतिक समिकरण बुझेर सुझबुझपुर्ण निर्णय गर्न सुझाएका छन् । त्यसपछि निधि आफूलाई थापा भन्दा तल राख्ने छनक पाएका निधि झनै दबाबमा रहेको श्रोतको दावी छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पर्वतले कसेको गाँठो

    तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ ।

  • नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ ।

  • म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

    मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

  • राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

    अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो ।

  • सरकारको अपरिपक्व कार्यशैली

    राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया