MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ?

के तपाईंलाई आफ्नो जीवन व्यर्थ लाग्छ ? तपाईंलाई आफू एक्लै भएको महशुस हुन्छ ? त्यस्तो नसोच्नुस् । त्यसको उपाय छ । 

विश्व स्वास्थ्य दिवसको अवसर पारेर संसारभर नै उदासिनताको बारेमा कुरा गरौँ अभियान सुरु भएको छ । नेपालमा पनि सरकारले उदासिनता रोगको बारेमा जानकारी गराउन अभियान चलाएको छ । उदासिनता भए के गर्ने त ? स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ  : हतास हुने होइन, समाधान खोज्नुस् । सहयोग खोज्नुस् । तपाईंलाई जीउन कठिन भए जस्तो लाग्छ भने खुलेर कुरा गर्नुस् ।

उदासिनताका कारण तपार्इंलाई जीवन व्यर्थ भएको जस्तो लागेको हुन सक्छ । उदासिनता एउटा अवस्था हो । यसको उपचार सम्भव छ । हेरचाह, साथीभाइ परिवारको सहयोगले उदासिनता हटाउन मद्दत गर्दछ । तनावले उदासिनतालाई झन् जटिल मोडमा पु¥याउँछ । त्यसैले तनाव लिनु हुँदैन । 

तपाईंको आसपासमा उदासिनता भएका व्यक्तिलाई तपाईंले यसरी सहयोग गर्न सक्नुहुनेछ 

  • उनीहरुलाई सहयोग गर्ने विश्वास दिलाउनुहोस् । 
  • उनीहरुको कुराको लेखाजोखा नगरी कुरा सुन्नुहोस् ।
  • उदास हुनुको कारण पत्ता लगाउनुहोस् ।
  • उपचारका लागि तालिमप्राप्त व्यक्ति भेटाइदिने
  • उपचारमा लगि त्यहि अनुसार औषधि भए खान सहयोग गर्ने
  • नियमित खानपान र सुत्ने व्यवहारमा सहयोग गरिदिने । 
  • सकारात्मक कुरामा उनीहरुको ध्यान केन्द्रित गराउने ।

आशाहीन महशुस हुनु र बाँच्नुको अर्थ नदेख्नु उदासिनता हो । यस्तो सोच मनमा आएका बेला यो सोच्नु पर्छ की जिन्दगीका यस्तो हुनु तपाईं मात्र एक जना होइन । धेरै मानिस यस्तै जीवन भोगिरहेका छन् । साथीभाइसँग आत्महत्याका बारेमा कुरा गर्नुपर्दछ । यसले आत्महत्याको सोचबाट पछि हट्न सकिन्छ । विश्वमा आपसी सद्भाव र सहयोग तथा बेरोजगार अनि युद्धले गर्दा धेरै मानिस उदासिनतामा गएका छन् । 

तपार्इंका घर वरपर कुनै मानसिक सन्तुलन बिग्रिएर घरमै बाँधिएर बसेका छन् भने उनीहरुको बारेमा बोल्नुस् । सहयोग गर्नुस् । मानसिक असन्तुलन भए त्यसको उपचार हुन्छ भनेर उनीहरुको परिवारलाई बुझाउनुस् । 

यस्तै तपाईं आफैँलाई उदास भएको महशुस हुन्छ भने आफ्ना नजिकैका साथीलाई आफ्नो कुरा राख्नुस् । आफूलाई राम्रो लाग्ने क्रियाकलाप गरिरहनुस् । छोटो समयमा लागि हिँडडुल गरिरहनुस्, दैनिक व्यायाम गर्नुस् । नियमित खानपान र सुत्ने तालिका बनाउनुस् । जाँड रक्सी र चुरोट सुर्तीजन्य पदार्थबाट टाढै रहनुस् । आत्महत्या गर्ने जस्तो सोच आयो भने तुरुन्तै सहयोगका लागि नजिकका आफन्त तथा साथीसँग सम्पर्क गर्नुस् ।

उदासिनताका लक्षण

  • शक्ति कम हुनु
  • खाने इच्छामा परिवर्तन
  • कम वा बढी सुत्नु
  • ध्यान केन्द्रित नहुनु, 
  • चिन्ता बढ्नु
  • शान्त बस्न नसक्नु
  • बेकार भएको महसुस गर्नु
  • आफूलाई दोषी ठान्नु वा आशाहीन हुनु, र आफूलाई चोट पुर्‍याउने वा आत्महत्या गर्ने सोच आउनु ।

उदासीनता जो कोहीलाई पनि हुनसक्छ । यो कमजोरीको चिन्ह होइन । उदासीनता रोगको उपचार थेरापी वा औषधी दुवै माध्यमबाट हुन्छ । उदासिनता बारे बेलैमा सोचे गम्भीर दुर्घटनाबाट बच्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मृत्युको भयमा मायाको मल्हम

    ‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया