MENU

मनोरञ्जन

Ncell Axiata
USAID

‘नेपाली चलचित्रले ओस्कार अवार्ड उचाल्न असम्भव’

काठमाडौं, चैत २५ – निर्देशक तथा समिक्षक दीपेन्द्र लामाले नेपाली चलचित्रले ‘ओस्कार अवार्ड’ प्राप्त गर्न अझै असम्भव भएको बताएका छन् । नेपाली सिनेमाले किन अझै ओस्कार अवार्ड हात पार्न नसकेको होला ? भन्ने हाम्रो जिज्ञासामा उनले विभिन्न कारणहरु खुलाए जुन कारणलाई आधार मान्ने हो भने अझै पनि नेपाली चलचित्र र यसमा काम गर्ने सबैले ठूलै मेहनत गर्न जरुरी देखिन्छ । 

ओस्कार अवार्डलाई विश्वभरी चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड मानिन्छ । अवार्ड कार्यक्रमलाई विश्वभरका चलचित्रकर्मीले ठूलो उत्सवको रुपमा मनाउँदै आएका छन् । ८८ औँ ओस्कार अवार्ड केही दिन अघि मात्रै सम्पन्न भयो । यो वर्षको अवार्ड पनि हलिवुड चलचित्र निर्देशक र कलाकारहरुले पाए जुन अवार्डको लागि नेपाली चलचित्र ‘कालो पोथी’ ले भाग लिएको थियो । तर अवार्डको त कुरै नगरौँ नेपालबाट छनौट भएको यो चलचित्र कता हरायो कसैलाई थाहै भएन । 

ओस्कार अवार्डको बारेमा कुरा गर्दै निर्देशक दीपेन्द्र लामाले भने, ‘विश्वको चलचित्र क्षेत्रलाई हेर्ने हो भने नेपाली चलचित्र धेरै पछाडि छ । यो अवार्डको लागि आवेदन दिए पछि चलचित्रको कुरालाई अगाडि बढाउको लागि नै फेरि प्रचार प्रसार गर्नुपर्छ जहाँ करोडौँ रुपैयाँ खर्च हुन्छ । ओस्कार अवार्डमा सयाँैको संख्यामा भोटर हुन्छन् । चलचित्रकर्मी आफैले ओस्कार अवार्डको प्रचार—प्रसार गर्न सकिन्न । त्यसको लागि छुट्टै एजेन्ट चाहिन्छ । एजेन्टलाई पैसा तिरेपछि बल्ल अवार्ड भोटरलाई चलचित्रको बारेमा जानकारी गराईन्छ ।’

उनको भनाइ अनुसार नेपाली चलचित्रकर्मीले प्रचार—प्रसारका लागि ठूलो रकम खर्च गर्न नसक्ने भएकै कारण तत्काल ओस्कार अवार्ड उचाल्न असम्भव छ । समिक्षक तथा निर्देशक दीपेन्द्रले ओस्कार अवार्डको एउटा कुरालाई यसरी सम्झीए, ‘बलिवुड कलाकार आमिर खानले सन् २००१ मा ‘लगान’ नामको चलचित्रलाई ओस्कार अवार्डमा समावेश गराएका थिए । उनको चलचित्र उत्कृष्ट ५ सम्म पुग्यो तर अवार्ड भने जित्न सकेन । पछि ‘नोमेन्सल्यान’ नामक चलचित्रले उनको चलचित्रलाई हराएको थियो ।

पछि आमिर खानले मिडियासंग ‘ओस्कार अवार्ड’ को बारेमा बोल्दै आफूहरुले ‘ओस्कार अवार्ड’ मा लविङ गर्न नसक्ने भएका कारण अवार्ड पाउन नसकेको खुलासा गरेका थिए ।’

यो कुरालाई सम्झदै लामाले अगाडि थपे, ‘बलिवुड कलाकारले पनि लविङ गर्न नसकेका कारण अवार्ड पाएनन् भने नेपाली चलचित्रले पाउने सम्भावन एकदमै कम छ । अर्काे कुरा ‘ओस्कार अवार्ड’ को लागि छनोट भएको चलचित्र विश्वलाई मनपरेको हुनुपर्छ । नेपाली चलचित्र नेपालमा मात्रै मनपर्ने भएको कारण अवार्डमा भाग लिने चलचित्र पनि निकै कम बनेका छन् ।’

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया