MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

​अलैँचीका बिरुवामा ओखलढुंगा आत्मनिर्भर

ओखलढुंगा, चैत २५ – ओखलढुंगा अलैँचीका बिरुवामा आत्मनिर्भर हुन थालेको छ । गत वर्षसम्म अलैंचीका बेर्ना बाहिरबाट झिकाउनु पर्ने अवस्था थियो । यसवर्ष जनता कृषि सहकारी संस्था बिलन्दुले रोप्न योग्य झण्डै दुई लाख बेर्ना तयार गरेपछि अलैँचीको बेर्नामा आत्मनिर्भर हुन लागेको हो । 

वरुणेश्वरको ढुस्केमा बाबुराम गौतमको नेतृत्वमा एक लाख ५० हजार बोट बेर्ना उत्पादन भएको छ । यही अनुपातमा अर्को वर्ष पनि विरुवा उत्पादन भए ओखलढुंगाले अरु जिल्लाका किसानलाई पनि बिरुवा बेच्न सक्ने कृषि प्राविधिक हेम आले मगरले बताउनुभयो । 

कार्यालयले विरुवा उत्पादक किसानहरुलाई प्रोत्साहन गरेर निर्यात गर्न सक्ने बनाउने मगरको भनाई छ । एक रोपनी क्षेत्रफलमा सात सयदेखि आठ सय बोटसम्म अलैंचीको बेर्ना रोप्न सकिन्छ । हाल सहकारीले उत्पादन गरेको बेर्ना सबै रोप्ने हो भने झण्डै तीन सय रोपनी क्षेत्रफलका लागि पर्याप्त रहेको कृषि प्राविधिकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दही चिउरा खाँदै, धान दिवस मनाईंदै

    काठमाडौं, असार १५ – आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

  • प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

    काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया