MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

​नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने

काठमाडौं, चैत २५ – नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइड बडी जहाज किन्ने सम्झौता गरेको छ । निगम र एएआरबिच शुक्रबार पहिलो जहाज सन् २०१८ को अप्रिलसम्म र दोस्रो १८ कै मे महिनासम्ममा ल्याउने गरी सम्झौता भएको हो । सम्झौतामा महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गर्नुभयो । दुबै विमान २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले बताउनुभयो ।  

नेपालको उड्ययन इतिहासमा यति धेरै रकम खर्च गरेर विमान किन्न लागिएको पहिलो पटक हो ।  २ सय ८० सिट क्षमताको नयाँ एयरबसमा  १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । यी जहाज आएपछि साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने तयारी नेपाल एयरलाइन्सले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया