MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

​असिना पानीले हिउँदे बाली नष्ट

बैतडी/ डाेटी, चैत २५ – शुक्रबार परेको असिना पानीले बैतडी, डोटीलगायत सुदूरपश्चिमका केही जिल्लामा लगाएको हिउँदे बाली नष्ट भएको छ ।

बैतडीको पाटन, मेलौली, शिबलिंगलगायतका ठाउँमा असिनाले हिउँदे बालीमा ठूलो क्षति  पुर्‍याएको किसानले बताएका छन् । पाक्न लागेको हिउँदे बाली गहु, जौ, तरकारी खेती र फलफूलमा क्षेती पुगेको कृषि प्राधिधिकहरुले बताएका छन् । त्यस्तै डोटीलगायत सुदूरपश्चिमका केही जिल्लामा पनि असिनाले ठूलो क्षति पुर्‍याएको छ । 

डोटीको दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआई सिंहलगायत गाउँपालिकाको हजारौं रोपनी जग्गामा लगाइएको गहुँ, जौंबालीका साथै फलफूल सखाप बनाएको जोरायल गाउँपालिकाका डम्मर साउदले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया