MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

गहुँबालीमा लाग्यो करेन्ट, २५ कट्ठाको गहुँ जल्यो

बाँके, चैत २५ – नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलामा विजुलीको तार सर्ट भई करेन्ट लाग्दा गहुँ बालीमा आगलागी भएको छ । गहुँ बालीमा आगलागी हुँदा ६ जनाको साढे २५ कट्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

प्रहरीका अनुसार केदार धोबीको ५ कट्ठा, दुखिलाल यादवको साढे दुई कट्ठा, सोहितलाल यादवको १० कट्ठा, मुन्निलाल कायस्थको दुई कट्ठा, डिकौलाल कोरीको दुई कट्ठा र  सतिस कहारको चार कट्ठा खेतबारीमा लगाएको गहुँ नष्ट भएको छ ।  

यस्तै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ बैरियास्थित जंगलमा आगलागी भएको छ । सुरक्षा निकाय आगो निभाउने कार्यमा परिचालन भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • त्रिशूली नदीको दोहन रोकिएन

    धादिङ, वैशाख १३ – त्रिशूली नदीको दोहन बढ्दै गरेको छ । सरकारी निकायको ध्यान चुनावतिर गएको बेला त्रिशूलीको दोहन बढेको हो । गल्छी गाउँपालिकाको जिन्टे बगर रातभरि डोजर चल्छ ।

  • ​जुम्लामा माटो परीक्षण शिविर

    जुम्ला, वैशाख ११ – जुम्लामा माटो परक्षिण शिविर सुरु भएको छ । जुम्लाका स्याउ बगैंचा र स्याउ रोप्न लागेका ठाउँको माटो परीक्षण गर्न लागिएको हो ।

  • अर्ग्यानिक चियाको बजारिकरणमा समस्या

    इलाम, वैशाख ११ – इलाममा अर्ग्यानिक चिया उत्पादन वृद्धि भएको छ । अर्ग्यानिक चिया हेर्दा आकर्षित नदेखिनाले निकासीलाई भने समस्या हुन थालेको छ ।

  • पृथ्वी दिवसः वातावरणीय र जलवायु शिक्षामा जोड

    काठमाडौं, वैशाख ९ – वातावरणीय र जलवायु शिक्षालाई जोड दिँदै शनिबार पृथ्वी दिवस मनाइँदैछ । पृथ्वीको संरक्षण र वातावरण जोगाउन जोड दिँदै हरेक अप्रिल २२ तारिखमा पृथ्वी दिवस मनाइन्छ ।

  • बझाङमा पर्‍यो असिना–पानी

    बझाङ, वैशाख ८ – बझाङमा असिना–पानी परिरहेको छ । शुक्रबार आएको असिना–पानीले खेतबारीमा लगाएको अन्नबाली नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया