MENU

अर्थ

Ncell Axiata

आजदेखि सबै जिल्लामा एकसाथ आर्थिक गणना गरिने

काठमाडौं, चैत २६ – देशमै पहिलोपटक आज शनिबारदेखि आर्थिक गणना सुरु हुँदैछ । सबै जिल्लामा एकैसाथ गणना सुरु हुन लागेको तथ्यांक विभागले जनाएको छ । 

आर्थिक कारोबार गर्ने व्यक्तिको संख्यालाई आधिकारिक बनाउन आर्थिक गणना गर्न लागिएको हो । यातायात, शिक्षा, स्वास्थ्य सेवा, उद्योग, व्यापार लगायतका क्रियाकलाप गर्ने प्रतिष्ठानको गणना हुनेछ । अहिलेलाई परीक्षणको रुपमा गर्न लागिएको र अर्को वर्ष मुख्य गणना हुने विभागका उपमहानिर्देशक रुद्र सुवालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

पहिले उद्योगको मात्रै गणना हुने गरेकोमा अहिले होटल, वित्तिय संस्था, व्यापार, शिक्षा, स्वास्थ्य, यातायात लगायतका १७ क्षेत्रलाई मुख्य आधार बनाएर आर्थिक गणना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया