MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भारत : हिन्दु केटीसँग प्रेम गरेको भन्दै एक मुस्लिम युवकको निर्मम हत्या

चैत २६ – हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारत झारखण्डको गुम्ला जिल्लामा एक युवकको निर्मम हत्या गरिएको छ । आफ्नो केटी साथीलाई स्कुटरमा घरसम्म छोड्न गएका २० वर्षका मोहम्मद शलिकलाई स्थानीय केही मानिसले पोलमा बाँधेर पिटेका थिए ।

बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । निर्मम कुटाइबाट घाइते भएका मोहम्मदको बिहीबार ज्यान गएको हो । मोहम्मद ती केटीसँग गएको एक वर्षदेखि साथी थिए । 

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीको भनाई छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया