MENU

मनोरञ्जन

Ncell Axiata
USAID

निश्चलले नै ल्याइदिन्छन् स्वस्तीमालाई स्कर्ट !

काठमाडौं, चैत २६ – अभिनेत्री स्वस्तीमा खड्काले आफूलाई पहिलो सिनेमा ‘होस्टेल रिटन्स’ पछि धेरै सिनेमाहरुको अफर आएको भए पनि व्यक्तिगत कामहरुले गर्दा दोस्रो सिनेमा गर्न समय लागेको बताएकी छिन् । 

२०७१ सालमा सिनेमा ‘होस्टेल रिटन्र्स’ रिलिज भएको थियो । पहिलो सिनेमाबाटै स्वस्तीमाले राम्रो प्रतिक्रिया पाइन् । तर उनी अर्को सिनेमामा आउन भने दुई वर्ष लाग्यो । अर्थात दुई वर्षको अन्तरालमा उनी सिनेमामा देखिन लाग्दैछिन् । त्यो बीचमा उनले केही छोटा फिल्म र म्युजिक भिडियोहरुमा भने काम गरिरहेकी थिईन् । 

नयाँ वर्ष २०७४ वैशाख १ गते उनको दोस्रो सिनेमा ‘लभ लभ लभ’ रिलिज हुँदैछ । सिनेमा रिलिज हुने बेलामा प्रायले आफूलाई डर लागेका बताउँछन् । तर स्वस्तीमाले भने यस्ता कुराहरु दिमागमा आउन दिन्नन् । यहि कारण सिनेमा रिलिज हुने दिन नजिक हुँदै गर्दा पनि डर नलागेको उनले बताईन् । उनी आफ्नो दिमागलाई सधैँ व्यस्त राख्छिन् । सधैँ सकारात्मक कुराहरुमा ध्यान दिन्छिन् । किनकी उनी केही कुरा नकारात्मक रुपमा वा चापको रुपमा एक छिन मात्रै सोच्न थालिन् भने डिप्रेश हुन्छिन् । 

‘लभ लभ लभ’ को प्रमोशनको क्रममा उनलाई नेपाली सिनेमा चल्नको लागि स्टारकास्ट र कथा मध्ये के आवश्यक छ ? भनेर सोध्दा उनले भनिन्, ‘सिनेमा राम्रो र सफल हुनको लागि कथा नै चाहिन्छ । किनकी बलिवुड र हलिवुडमा जस्तो हाम्रोमा सेलिब्रेटीवुड विकास भइसकेको छैन । विदेशमा स्टारकास्टले पनि सिनेमा सफल बनाउन मद्दत गर्छ तर नेपालमा भने अलि गर्दैन । त्यस कारण सिनेमा राम्रो र सफल हुनलाई कथा नै बलियो हुनुपर्छ ।’ 

श्रीमान निश्चल बस्नेत निर्देशक भएका कारण धेरैले उनलाई निश्चलको सिनेमामा कहिले काम गर्ने त ? भनेर प्रश्न गर्छन् । यस विषयमा बोल्दै उनी भन्छिन्, ‘निश्चलले मलाई सिनेमामा लिँदै लिनु हुन्न । प्राय राम्रो बुढी हुने निर्देशकहरुले बुढीलाई लिएर सिनेमा बनाएर के आफै मात्रै हेर्नु ! भन्नुहुँदो रहेछ । यो मैलै धेरै ठाउँमा राम्री बुढी हुने निर्देशकहरुबाट सुनेकी छु । सायद निश्चललाई पनि यहि लागेर होला मलाई अहिलेसम्म लिनु भएको छैन । अब भविष्यमा के हुन्छ हेरौँ ।’

निश्चलको कमाई थाहै हुन्न 

स्वस्तीमाले आफूलाई श्रीमान् निश्चलको कमाई कति हुन्छ भन्ने कुरा थाहै नहुने बताईन् । नत निश्चललाई यसको बारेमा बताउने फुर्सद हुन्छ नत स्वस्तीमाले नै सोध्छिन् । स्वस्तीमाले त अहिलेसम्म निश्चलसँग पैसा माग्नु पर्ने अवस्था पनि आएको छैन । तर कहिले काँही यी दुईले एकअर्काको लागि उपहार भने आदानप्रदान गर्छन् । निश्चलले आफ्नो लागि उपहार ल्याईदिँदा  प्राय स्कर्टहरु ल्याईदिने स्वस्तीमाले बताईन् । त्यस्तै निश्चलको लागि पनि उनले बेखा बखतमा उपहार दिने गर्छिन् । आफूले प्राय निश्चललाई शर्ट र पाईन्ट दिने गरेको पनि उनले बताईन् । 

निश्चलको एउटा बानी, उनी ब्राण्ड कन्सियस छैनन् । त्यस कारण उनलाई जुनसुकै ब्राण्डको समानहरु उपहार दिँदा पनि खुशी हुन्छन् । ‘निश्चललाई जुनसुकै ब्राण्डको सामानहरु दिँदा पनि हुन्छ । उहाँ ब्राण्ड कन्सियस हुनुहन्न । फुटपाथकै सामानहरु किनेर दिँदा पनि खुशी हुनुहुन्छ’ स्वस्तीमाले भनिन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया