MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

सिरिया आक्रमणमा रुसको प्रतिक्रिया निराशाजनक : अमेरिका

चैत २६ – अमेरिकाले सिरियामा विद्रोही नियन्त्रित इलाकामा गरिरहेको हमला बारे रुसले दिएको प्रतिक्रिया निराशाजनक भएको तर आचश्र्यजनक नभएको प्रतिक्रिया दिएको छ । 

अमेरिकाले सिरियाको केही इलाकामा शुक्रबार मिसाइल आक्रमण गरेको हो । शुक्रबार अमेरिकाले सिरिया विद्रोही नियन्त्रित क्षेत्रमा मिसाइल आक्रमण गर्दा ६ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । 

गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए । 

अमेरिकी आक्रमणपछि रुस रुष्ट भएको थियो । अमेरिकी आक्रमणपछि रुसले सिरियाली वायु सेनाको क्षमता बढाउने घोषणा गर्दै सिरियामा हवाइ आक्रमण रोक्नेसम्बन्धी अमेरिकासँगको सम्झौता रद्द गरिदिएको छ ।

अमेरिकाले सिरियालाई थप आक्रमण हुनसक्ने चेतावनी पनि दिएको छ । रासायनिक आक्रमणको आशंकामा सिरियाका सैन्य अड्डामा आक्रमण गरेलगत्तै अमेरिकाले थप आक्रमण हुन सक्ने चेतावनी सिरियालाई दिएको हो ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया