MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

गुल्मीमा चैते धान रोप्ने चटारो

जनार्दन घिमिरे/उज्यालो । 

गुल्मी, चैत २६ – सिंचाई सुविधा भएको र सिमसार क्षेत्रका किसानहरुलाई अहिले चैते धान लगाउन निकै हतार छ । गुल्मीको चौरासी फाँट, मजुवा, चाँपटारी, शान्तिपुर, रुपाकोट, खज्र्याङ, जुहाङ, हँसरा, हस्तिचौर, कुर्घा लगायतका फाँटहरुमा चैते धान खेती हुने गर्दछ । 

गुल्मीको चार सय ४० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गर्दछ । सिंचाईको सुविधा भएमा दुई सय ९५ हेक्टर क्षेत्रफलमा चैते धान बिस्तार गर्न सकिने जिल्ला कृषि विकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महत्तोले बताउनुभयो । गएको वर्षको उत्पादन आंकडा हेर्दा जिल्लामा १३ सय ७६ मेट्रिकटन चैते धान उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।

चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उदेश्यले जिल्ला कृषि विकास कार्यालयले बृहत्तर धान उत्पादन कार्यक्रम लागु गरेको छ । यो कार्यक्रम जिल्लामा पहिलो पटक लागु गरेको हो । जिल्लामा केही ठाउँमा सिंचाई सुविधा भएपनि किसानहरुमा उर्जा नभएका कारण खेत बाँझो रहने अवस्था आएकोले त्यसलाई किसानहरुले बाँझो नराखुन् भन्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

किसानले चैते धान खेती गरेको क्षेत्रफलको आधारमा अनुदान वितरण हुने वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताउनु भयो । पन्थीका अनुसार एक हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने किसानले पाँच हजार अनुदान पाउने व्यवस्था रहेको छ ।

अनुदानका लागि नागरिक, विमा र कित्ता नम्बर अनिबार्य गरिएको छ । यो कार्यक्रमले एक सय हेक्टर क्षेत्रफल सम्मको लक्ष्य लिएको कार्यालयले जनाएको छ । चैते धानमा रोग किरा पनि कम लाग्ने भएकोले पनि गुल्मीमा वर्षौंदेखि किसानहरुले चैते धान खेती गर्दै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया