MENU

बातावरण-कृषि

Ncell Axiata

चितवनमा एउटा गैँडा सिकारीले मारे, खाग छैन

चितवन, चैत २६ – लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा सिकारीबाट मारिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार शनिबार बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो । 

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोर– सिकारीले मारेको अवस्थामा गैँडा फेला परेको जानकारी आएको अर्यालले जानकारी दिनुभयो । 

अहिले त्यस क्षेत्रमा निकुञ्जको टोली परिचालन गरिएको र विस्तृत विवरण भने आउन बाँकी रहेको अर्यालले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया