MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

न्युजिल्याण्डमा घारसहित मौरी चोरी, किसान र प्रहरीलाई तनाव

चैत २६ – घारसहित मौरी चोरी हुन थालेपछि न्युजिल्याण्डका किसान मर्कामा परेका छन् । मौरी पालन न्युजिल्याण्डका किसानको मुख्य पेशा मध्ये एक हो । महबाट हुने आम्दानीको न्युजिल्याण्डको आर्थिक क्षेत्रमा ठूलो प्रभाव रहन्छ । पछिल्लो केही वर्षदेखि महको मूल्य अत्याधिक बढेपछि मौरिपालकमा उत्साह थपिएको भएपनि पछिल्लो समय चोरीका घटना बढ्दै गएकाले किसान चिन्तित भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

मह उत्पादन लिने बेलामा समूहगत रुपमा मौरीको चोरी हुने गरेको छ । पछिल्लो ६ महिनामा मात्रै चार सय भन्दा धेरै मौरीका घार चोरी भएको छ । यो अहिलेसम्म कै ठूलो चोरी रहेको भन्दै प्रहरीले मौरी चोर विरुद्ध विशेष अभियान सुरु गरेको छ । न्युजिल्याण्डमा उत्पादित मह किलोको एक सय ५० डलर भन्दा बढीमा बिक्री हुनेगरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया