MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

४२ हजार फिटमाथि विमानमा बच्चा जन्मियो

चैत २७ – एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माएकी छन् । गिनीबाट बुर्किना फासो हुँदै टर्कीको इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी महिलाले छोरी जन्माएकी हुन् । २८ हप्ताकी गर्भवती नाफीलाई गिनीबाट विमान उडेलगतै सुत्केरी बेथा लागेको थियो । त्यसपछि उनलाई नाफी विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेका थिए । उनले विमान ४२ हजार फिटमाथि रहेका बेला छोरी जन्माएकी हुन् । आमा र कादिजु नाम गरेकी बालिकालाई बुर्किना फासोमा विमान अवतरण भएपछि अस्पताल लगिएको र अहिले दुवैको अवस्था सामान्य रहेको टर्किस एयरलाइन्सले जनाएको छ । धेरै जसो एयरलाइन्सले ३६ हप्तासम्मका गर्भवतीलाई विमान चढ्न दिने गरेको छ । तर २८ हप्तादेखि डाक्टरको सिफारिस भने लिनु पर्ने व्यवस्था छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया