MENU

बातावरण-कृषि

Ncell Axiata

खोटाङका दुई सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर

खोटाङ, चैत्र २७ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायिक वन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको छ । 

घना जंगलमा शनिबार दिउँसो सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । फैलिँदै गएको डढेलोले शनिबार बेलुका जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

सोलुखुम्बुको प्रहरीचौकी सुकेपोखरी र इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरे डढेलो फैलिँदै गएको छ । डढेलो नियन्त्रणको प्रयासका क्रममा जुवुका टेकबहादुर गुरुङ घाइते भएको स्थानीयले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया