MENU

समाज

Ncell Axiata

४८ स्वास्थ्य संस्थाको भवन बनाउने जिम्मा, २ वर्षमा १० वटा मात्रै बन्यो

किरण लोहनी/उज्यालो । 

गोरखा, चैत २७ – गोरखामा भूकम्पका कारण भत्किएका स्वास्थ्य संस्था पुनर्निर्माणको जिम्मा लिएका गैरसरकारी संस्थाले स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई गरेका छन् । उनीहरु आफैले प्रतिवद्धता गरेको समय भित्र स्वास्थ्य चौकीको भवन निर्माण गर्न नसकेका हुन् । भूकम्पले भत्किएका ५५ स्वास्थ्य संस्था मध्ये ४८ भन्दा बढीको पुननिर्माणको जिम्मा विभिन्न संघसंस्थाले लिएका थिए । गएको वर्षको डिसेम्बरमै निर्माण सक्ने बताएका उनीहरुले एक वर्षसम्म आलटाल गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले तोकिएको समयभित्र निर्माण गर्न पत्राचार गरेको थियो । जसअनुसार गएको डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका संघसंस्थाहरुले थप ३ महिनाको समय मागेका थिए ।

उनीहरु आफैले गरेको प्रतिवद्धता अनुसार गएको मार्चमा सबै स्वास्थ्य संस्थाको निर्माण भइसक्नु पर्नेमा अधिकाँशको निर्माणनै सुरु हुन सकेको छैन । तोकिएको समयभित्र जम्मा १० वटा स्वास्थ्य संस्थाको मात्रै भवन बनेको जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले बताउनुभयो । 

त्यसमा पनि सम्झौता गरे अनुसारको समयभित्रै जम्मा ५ वटा स्वास्थ्य संस्थाको मात्रै भवन बनेका हुन् । असल छिमेकी नेपाल पोखरा नामक संस्थाले श्रीनाथकोट, आँपपिपल, घैरुङ, भूम्लीचोक र घ्याल्चोकको भवन निर्माण समयमै पूरा गरेको हो ।

सम्झौतापत्रकै समयमा भवन निर्माण पूरा गरेको भन्दै संस्थालाई जिल्ला जनस्वास्थ्य कार्यालयले सम्मान पनि गरेको छ । तर युनिसेफ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायको भवन निर्माणमा ढिलाई भएको हो । युनिसेफले १२ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको जिम्मा लिएपनि दर्बुङको मात्रै निर्माण पूरा गरी कार्यालयलाई हस्तान्तरण गरेको हेल्थ असिस्टेन्ट दानीले बताउनुभयो । उसले छोप्राक, आरुपोखरी, वारपाक, लाप्राक, गुम्दा, नामजुङ, माछिखोला, तारानगर, बक्राङ, फुजेल र मझुवा देउराली स्वास्थ्य चौकी भवन निर्माण गर्नुपर्ने छ । यि मध्ये ४ वटा संस्थाको निर्माण सकिन लागे पनि अरु ७ वटाको भने निर्माणनै सुरु हुन सकेको छैन ।

यस्तै आइएमसीले ७ वटा भवनको निर्माण गर्ने गरी सबभन्दा पहिले सम्झौता गरेपनि ताप्लेको मात्रै भवन बनाएको छ । सौरपानी, मुच्चोक, खरिवोट, घ्याच्चोक, स्वाँरा र आरुअर्वाङका स्वास्थ्य संस्थाहरुको भवन निर्माणमा ढिलाई भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । वल्र्ड भिजनले जिम्मा लिएको केरावारी स्वास्थ्य चौकीको भवन निर्माण भने पूरा भएको र अब हस्तान्तरण गर्न बाँकी रहेको हेल्थ असिस्टेन्ट दानीले जानकारी दिनुभयो ।

गुड नेवर्स इन्टरनेशनलले फिनाम, थूमी, मान्बु र लापूको भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ भने फेज नेपालले जिम्मा लिएको काशिगाउँ र केरौंजाको भवन निर्माण सकिएको उहाँले बताउनुभयो । तर नेदरल्याण्ड लेप्रोसी रिलिफ नामक संस्थाले भने स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड विपरीत भवन बनाएको उहाँको भनाई छ ।

‘शौचालय, भवनको गाह्रोको गुणस्तर लगायतका कुरा पूरा भएका छैनन्’ दानीले भन्नुभयो । भूकम्पले क्षति पुगेका मध्ये स्वाँरा स्वास्थ्य चौकी अझै पनि त्रिपालमा रहेको छ । भवन बन्न बाँकी अरु स्वास्थ्य चौकीले पनि अस्थायी टहरा, भाडाका साँघुरा संरचनाबाट सेवा दिनुपर्दा कठिनाई भएको स्वास्थ्यकर्मीहरुलेनै बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पहाड उक्लिए टेम्पो, सहज बन्यो यात्रा

    एक वर्ष अघिसम्म जिरिखिम्तीदेखि सदरमुकाम म्याङलुङ्ग आउन ठूला सार्वजनिक यातायात कुर्नुको विकल्प थिएन । चाहेको बेला छोटो दुरीको यात्रा गर्न आफ्नै सवारी साधन हुनुपथ्र्यो कि त पुरै गाडी भाडामा लिनुपथ्र्यो ।

  • दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    पोखरा, भदौ २ – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहीबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ ।

  • सम्पदा पुनर्निर्माणमा जापानको चासो

    काठमाडौं, भदौ २ – जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा बिशेष चासो देखाएको छ ।

  • मेट्रो, सिआइबी, महाशाखा र परिसरमा सरुवा हुन आइजिपीदेखि मन्त्रीसम्मको सोर्स

    प्रहरी अधिकृत सरुवाका लागि शक्ति केन्द्र धाउन थालेका छन् । चुनौतीपूर्ण र आकर्षक मानिने महानगरीय प्रहरी आयुक्तको कार्यालय मेट्रो, केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा सरुवा हुनका लागि शक्ति केन्द्र धाउनेको लर्को नै लाग्ने गरेको छ ।

  • महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

    महोत्तरी, भदौ १ – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया