MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने

भीमकुमार बाँस्कोटा/उज्यालो । 

पाँचथर, चैत २७ – चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव गर्ने तयारी हुँदैछ । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा  तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने स्थानमा नयाँ वर्ष २०७४ को अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो ।

चौँरी संस्कृति लोभ हुँदै गएकाले त्यसलाई संरक्षण गर्नका लागि होत्सवको आयोजना गरिएको सुर्केथाम दुग्ध सहकारी संस्थाका सचिव शिल्पकुमार राईले बताउनुभयो । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ’ राईले भने ‘महोत्सवमा पाँच सय भन्दा बढी चौँरीहरु भेला गरिनेछ ।’  

यस क्षेत्रमा लगभग २० चौँरी गोठहरु रहेका छन् । चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएपछि विस्तारै चौँरी संस्कृति हाराएकाले संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो । ‘चरण्न क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ’ राईले भन्नुभयो ‘यस क्षेत्रमा रहेको तीन हजार हेक्टर जमिनलाई चरण क्षेत्रका लागि बैज्ञानिक रुपमा व्यवस्थित गर्ने हो भने चौरी संस्कृतिलाई जोगाउन सकिन्छ ।’

महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । एक वर्षमा १० हजार बोट लालिगुराँस रोप्ने लक्ष्यका साथा महोत्सवकै दिनदेखि यस क्षेत्रमा लालिगुँरास रोप्न सुरु गरिने भएको छ । पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा हुँदै काठमाडौंसहित भारतको सिक्किम र दार्जिलिङका बासिन्दा, पर्यटन व्यवसायी र नागरिक गरी एक हजारले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ ।  

महोत्सवमा चौँरीको दूधबाट बनाइएका परिकारहरु, चौँरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाइने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया