MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

कोरियाली प्रायद्विपमा अमेरिकाले खटायो नौसेना

चैत २७ – अमेरिकाले कोरियाली प्रायद्विपमा नौसेना खटाएको छ । उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण खतरा बढ्दै गएको भन्दै अमेरिकी सेनाले आफ्नो नौसेनको एक समूहलाई कोलियाली प्रायद्विपको समुद्री क्षेत्रमा खटाएको हो । अमेरिकाले लडाकु पानी जहाज, लडाकु विमानसहितको कार्ल भिन्सन स्ट्राइक समूहलाई खटाएको हो । अमेरिकी नौसेनाकौ स्ट्राइक समूह अहिले प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेको अमेरिकी सेनाको प्यासिफिक कमाण्डका प्रवक्ता डाभे बेनहामले बताउनुभयो । परमाणु हतियारको क्षमता बढाउने उद्देश्यले उत्तर कोरियाले गरिरहेको मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्विपमा खतरा बढ्दै गएकाले नौसेना तैनाथ गरिएको बेनहामको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उत्पन्न खतराको सामना गर्न अमेरिका एक्लै तयार रहेको बताएको केही दिनमै नौसेना कोरियाली प्रायद्विपमा खटिएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया