MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

जथाभाबी खोटो निकाल्दा उदयपुरमा सल्लाको जंगल विनाश

उदयपुर, चैत २७ – उदयपुरको पश्चिमी र मध्य पहाडी क्षेत्रका सल्लाघारी जंगल बाट जथाभाबी सल्लाको खोटो निकाल्ने कार्यले सल्लाको जंगल विनाश हुँदै जान थालेको छ । 

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, ताप्ली, लेखगाउँ, हर्देनी तथा मध्यपहाडी क्षेत्रको इनामे, तावाश्रीलगायत क्षेत्रका सल्लाघारी जंगल बाट अहिले मनपरी खोटो निकाल्ने कार्यले हजारौँ सल्लाका रूख मरिसकेको ताप्ली–४ का रुद्रबहादुर खत्रीले बताउनुभयो । 

उहाँका अनुसार खोटो संकलन गर्ने ठेकेदार र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा नियम विपरीत खोटो निकाल्ने गर्दा सल्लाका रूख मर्न थालेको हो । तावाश्रीका होमबहादुर तामाङका अनुसार सल्लाको गोलाइ कम्तीमा पनि ३० सेन्टिमिटरभन्दा बढी हुनुपर्ने र १० इन्चको गोलो घेरामा मात्र खोटो निकाल्न खोप्न पर्ने र खोटो निकालेपछि गोबर लगाएर लेपन गर्नुपर्नेमा ठेकेदारले कुनै मापदण्ड पालना नगरेकाले अहिले सल्लाका रूख मर्न थालेको हो । 

धमाधम वन मासिनलाग्दा पनि सम्बन्धित वनका कर्मचारी तथा वन उपभोक्ता समितिका पदाधिकारीले भने यसतर्फ कुनै ध्यान नदिएको इनामेका दावा नोर्बु शेर्पाको गुनासो छ । 

जिल्ला वन कार्यालयका अनुसार हाल उदयपुरमा झन्डै एक लाख ७० हजार हेक्टर क्षेत्रफल वन क्षेत्र छ भने यसमा सल्लाघारी वन मात्र झन्डै दुई हजार चार सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । गत आवमा मात्र यस क्षेत्रका सल्लाघारी जंगल बाट यसरी नै मनपरी खोटो निकाल्ने कार्य हुँदा एक लाख ६६ हजार दुई सय ५० केजी खोटो निकालिएको रुपाटारका दीपेश खड्काले बताउनुभयो । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दही चिउरा खाँदै, धान दिवस मनाईंदै

    काठमाडौं, असार १५ – आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

  • प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

    काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया