MENU

मनोरञ्जन

Ncell Axiata

मिस नेपाल अस्मि श्रेष्ठले भनिन् – फिगर राम्रो हुँदैमा हुँदैन, अभिनय गर्न पनि जान्नुपर्छ

बाँके, चैत २७ – मिस नेपाल अस्मि श्रेष्ठले चलचित्र क्षेत्रमा अभिनय गर्ने आफ्नो चाहना नभएको बताएकी छिन् । ‘मिस नेपालको खोजी’ कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुगेकी मिस नेपाल श्रेष्ठले आइतबार पत्रकारसँगको अन्तक्र्रियामा भनिन् ‘एक्टिङमा मेरो इन्ट्रस्ट छैन्, कुनै प्लान छैन् ।’ उनले आकर्षक शरीर मात्रै भएर चलचित्र क्षेत्रमा जम्न नसकिने बताउँदै भनिन् ‘फिगर राम्रो हुँदैमा हुँदैन, अभिनय गर्न पनि जान्नुपर्‍यो ।’ आफू खुलेर अभिनय गर्न नसक्ने, लजालु स्वभावको भएको मिस नेपाल श्रेष्ठले बताइन् । उनले चलचित्र क्षेत्रमा अभिनय गर्ने चाहना नभएपछि केही विज्ञापनमा भने अभिनय गरेको बताइन् ।

आगामी दिनमा मास्टर्स अध्ययन सुरु गरेर मिडियामा निरन्तरता दिने सोच बनाएको उनले बताइन् । मिस नेपाल श्रेष्ठले व्यापार र सामाजिक काम आप्mनो मिस नेपालपछिको रोजाई हुन सक्ने खुलाइन् । जेठ १९ गते आयोजना हुने मिस नेपालको तयारीका लागि अहिले  मिस नेपाल २०१७ छनौट सुरु गर्न लागिएको हो । नेपालगन्जसहित, धनगढी, चितवन, बुटवल, पोखरा, विराटनगर र धरानमा छनौट हुन लागेको हो ।

नेपालगन्जसहित पाँच सहरमा यही २९ गते छनौट गरिने छ । नेपालगन्जमा मिस नेपालको प्रारम्भिक छनौटका लागि मिस नेपाल श्रेष्ठ र हिडेन ट्रेजर प्रालिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति आउनुभएको छ । छनौट हुनुअघि सोमबार नेपालगन्जका कलेजमा छात्राहरुसँग भेटघाट र अन्तक्र्रिया राखिएको र हिडेन ट्रेजर प्रालिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिनुभयो ।  राजधानी बाहिरका युवती पनि मिस नेपाल बन्न सक्छन् भनेर मोसफलका शहरमा प्रारम्भिक छनौट राखिएको हो, अध्यक्ष कक्षपतिले भन्नुभयो ‘बढीभन्दा बढी युवतीको सहभागिता होस् भन्ने चाहना रहेको छ ।’ 

मिस नेपालमा सहभागी हुने युवती १९ देखि २४ वर्ष उमेर भित्रको अविवाहित हुनुपर्नेछ ।  नेपाली नागरिक, १२ कक्षा उत्तिर्ण र उचाई ५.४ इन्च भएको हुनुपर्नेछ । मिस नेपालको अन्तिम प्रतिष्पर्धामा छनौट हुनेलाई ६ साताको तालिम दिइने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया