MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

इजिप्टमा तीन महिनाका लागि राष्ट्रिय आपतकालीन अवस्था

चैत २८ – इजिप्टका दुईवटा चर्चमा आक्रमण भएपछि राष्ट्रपति अब्दुल फतह अल–सिसीले तीन महिनाका लागि राष्ट्रिय आपतकाल लागु गर्नुभएको छ । एलेक्जेन्ड्रिया र तान्ता शहरमा रहेका दुई वटा कोप्टिक चर्चमा भएको आक्रमणमा कम्तिमा ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । आक्रमणपछि तीन महिनका लागि राष्ट्रिय आपतलकालीन अवस्था घोषणा गर्दै राष्ट्रपति अल–सिसीले देशभर सेना तैनाथ गर्न निर्देशन पनि दिनुभएको छ । अब सेनाले सर्वसाधारणका घरमा पनि छापा मार्न सक्ने छन् । तर राष्ट्रपतिको यो आदेश कार्यान्वयका लागि पहिले संसदबाट पास हुनु पर्छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले चर्चमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । आइएसले यसअघि पनि इजिप्टमा इसाइ समुदायलाई निशाना बनाएर आक्रमण गर्दै आएको थियो । एलेक्जेन्ड्रियामा रहेको चर्चको बाहिर भएको आक्रमणमा १६ तथा तान्ता शहरको चर्चमा भएको आक्रमणमा २९ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया