MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

प्लीज मेरो बुढोको पछि नलाग्नुस् !

इन्द्रसरा खड्का - 

‘प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो । 

.......................

तालिमका लागि नेपालगञ्ज जाने तयारी गर्दै गर्दा मैले फेसबुकमा स्टाटस लेखें ‘पर्खिबस आउँदै छु, नेपालगञ्ज’ स्टाटसमा कमेन्ट धेरै आए । मैलेपनि सकेसम्म सबैलाई जवाफ दिएँ । त्यही स्टाटसमा अन्सारी थर भएका नेपालगञ्जको केटाले ‘तपाईंलाई स्वागत छ नेपालगञ्जमा कुनै अप्ठयारो परेछ भने म्यासेज गर्नु’ लेखेको रहेछ । मलाई यो कमेन्ट अरुको भन्दा फरक लाग्यो । अनि तुरुन्तै मैले रिप्लाइ दिएँ– हुन्छ धन्यबाद । 

मैले यो रिप्लाइ गरिसकेपछि उसले तुरुन्तै ‘हेलो के छ खबर कहिले आउने हो यता...’ यस्तै धेरै कुराहरु लेखेर पठाउँदै गयो । मैले नि रिप्लाई दिंदै गएँ । उसले ल नेपालगञ्ज आएपछि मसँग घुम्छौ नि ? मैले भनें –हुन्छ नि घुमाउने हो म पनि पहिलो पटक आउँदैछु । नेपालगञ्ज मलाइ थाहै छैन । मैले यति कुरा भनेपछि उसले मलाई भनिहाल्यो – तिम्रो साथी हुन्छन् कि तिमी एक्लै आउने हो ? 

मैले १८ जिल्लाका साथीहरु हुन्छौं भनें । कहाँ एक्लै हुनु र ? उसले मेरो जवाफ सुनेपछि ल तिमीलाई नेपालगञ्जमा म घुमाइदिन्छु तिम्रो नम्बर पठाउ त भन्यो । 

त्यो केटासँग कुराकानी भइसकेपछि म १७ गते नेपालगञ्ज जानका लागि तयार भएर बैतडीबाट निस्कें । एकैदिन नेपालगञ्ज पुग्न असम्भव थियो । पुग्न त पुगिन्थ्यो, तर राती । अफ्ठेरो हुन्छ भनेर म धनगढी नै बसें । धनगढी बसेर पछिल्लो दिन अछाम, दार्चुृलाका साथीहरुसँग भेट भयो । अनि हामी नेपालगञ्जको यात्रामा निस्कियौं ।

बसको यात्रामा हातमा फेरि फेसबुक चलाउन सुरु गरें । यो फेसबुकको लत पनि कस्तो । बरु खान बिर्सने, तर फेसबुक चलाउन बिर्सन नसकिने । मैले फेसबुक अन गरेको मात्र के थिएँ फेरि उसैको म्यासेज देखें । कता पुगियो, खाना भयो त ? यता पुगेपछि खबर गर्नु है । किन रिप्लाई नगरेको यस्तै यस्तै धेरै लेखेर पठाएको थियो । मैले उसको म्यासेजको रिप्लाई नगरेर सिधै फेसबुक बन्द गरें । 

नेपालगञ्जको सिद्धार्थ होटलमा हामी बस्यौं । तालिम भयो, उसित भेट भएन । तालिम सकिएको पछिल्लो दिन हामी फिर्ता हुने तयारीमा थियौं । उसले मेरो नम्बर मेरो फेसबुकको प्रोफाइलमा हेरेर थाहा पाइसकेको रहेछ । म चिसापानी पुगेको बेला नचिनेको नम्बरबाट फोन आयो । मैले रिसिभ गरें, अनि उसले भन्यो – नेपालगञ्ज आएर पनि नभेटेर फर्किने है ? यस्तो पनि साथी । उसले फेरि भन्यो – म अस अन्सारी, के हो साथी नेपालगञ्ज आएर पनी नभेटेर जाने है ?

मैले छिटै फर्कनु पर्ने भएर मिलेन भनें । उसले राम्रोसँग जानु, शुभयात्रा भनेर फोन राख्यो । त्यो दिन म लम्की बसें दिदीको घरमा । फेरि नचिनेको नम्बरबाट फोन आयो – मैले रिसिभ गरें । महिलाको आवाज आयो– तपाईं आज दिनभर मेरो बुढासँग कहाँ कहाँ घुमेको ? प्लिज मेरो बुढोको पछि नलाग्नुहोस् । 

सुन्ने बित्तिकै झनक्क रीस उठ्यो । तर आफैंलाई सम्हालें । तपाईं को बोल्नु भएको हो ? उसले भन्यो – अन्सारीलाई चिन्नुहुन्छ ? हो उसैको बुढी हो । 

अनि मैले ए हो अँ भेटघाट त भएको छैन तर चिन्छु फेसबुकबाट कहिलेकाहिँ कुरा हुन्छ भनें । 

अनि ती महिलाले भनिन्, “बहिनी तपाईं पत्रकार हो, म जस्तो दुःखमा बाँचेका महिलाहरुको आवाज उठाउन सक्नुहुन्न ? दिनभर केटीहरुसँग घुमेर आउँछ, राती आएर न खान नै दिन्छ न त बस्न नै । मलाई त दिनसम्म दुःख दिएको छ । जहिले पनि कुटपीट गर्छ । सँगै छोरा पनि छ । अलि ठूलो भएपनि छोडेर कतै जान मिल्थ्यो । सानै छ, के गर्नु ।” 

त्यसपछि मैले भनें – दिदी तपाईं ढुक्क हुनुहोस म महिला हो । म पनि बुझ्छु महिलाको पीडा । ल त्यसो भए तपाईंलाई म सहयोग गर्छु । तपाईंलाई बुढाले कुटपीट गर्छ भने नजिकैको प्रहरी चौकीमा जानुस् । अनि सबै कुरा भन्नुहोस् । आफूमाथिको हिंसा सहेर नबस्नुहोस् ।

.................

यी महिला त प्रतिनिधि पात्र मात्र हुन् । धेरै महिलाले यसैगरी हिंसा सहेर बस्न बाध्य छन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने थुपै्र संघसस्था नभएका होइनन् । तर यस्ता पीडित महिलाहरु संघसस्थाको नजरमा किन पर्न सक्दैनन् ? ती महिलाले त आफ्नो पीडा सुनाइन् । यस्तो पीडा अरु महिलाहरुको पनि होला । महिलाका यस्ता पीडा पनि सुनेर उचित सम्बोधन गर्नुपर्ने खाँचो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पर्वतले कसेको गाँठो

    तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ ।

  • नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ ।

  • म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

    मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

  • राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

    अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो ।

  • सरकारको अपरिपक्व कार्यशैली

    राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया