MENU

मनोरञ्जन

Ncell Axiata
USAID

नेपथ्यको गृह मैदानमा खुशीको आँसु

कास्की, चैत २८ - अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेबित्तिकै जताततै तन्नेरीहरु उफ्रिन थालिसकेका थिए।यो भाकालगत्तै गाउनलागेको गीत सधैजस्तै ‘चरि मर्यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरु ढुक्क थिए । तर, शनिबार बेलुकी यहाँस्थित रंगशालामा कुरा बेग्लै भइदियो । लगातार दुइ घन्टासम्मको प्रस्तुतीमा त्यो गीत गाइएन।भाका सुन्नेबित्तिकै नाच्नका निम्ति खुट्टा उचालेकातन्नेरीहरु आश्चर्यमा परे ।

झण्डै चार वर्षको अन्तरालपछि आफ्नो गृह मैदानलाई फेरि तताउन आइपुगेको नेपथ्यले सुरुवातै पोखरेली अग्रज सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत भरेकोआफ्नो ताजा रेकर्ड ‘कुरुप अनुहार हो, यहाँ कुनै साथी छैन’ बाट गरेको थियो।

केही दिनसम्म लगातार असिना र झरी बेहोरेको नेपालकै सर्वाधिक वर्षाहुने सहरले शनिवार मात्र टलक्क घाम देखेको थियो।यो वर्षको गर्मी अनुभूति सुरुगरेकै बेलुकीनेपथ्यको दोश्रो गीतमा चाहिँ रंगशालामा कृतिम हिउँको वर्षा गराइएको थियो। 

त्यसैमध्येका एकजनाले आफ्नो आकारभन्दा पनि धेरै ठूलो राष्ट्रिय झण्डा लगातार फहराउँदै नाचिरहेका थिए।उनी पोखराको १३ नम्वर वडाका दिपक परियार रहेछन्।

‘यस्तो झण्डा बोकेर नाच्न पनि नेपथ्यकै कन्सर्ट पर्खिनु पर्छ,’ होटल व्यावसायी दिपक मुसुक्क हाँसेर अथ्र्याइरहेका थिए, ‘लोकगीत र राष्ट्रिय झण्डाको कुरा मिल्छ नि!’

‘जन्मदिने ठाउँ र आमालाई माया गर्न कहिल्यै नछुटाउनु’ भन्दैगर्दा उनले ‘आमा हुन साह्रै असजिलो छ’ र ‘आमाको कोखमा वासमात्रै लिएँ नि, कुन देसको मरन हौ हाजुर’जस्ता गीतहरु पनि सुनाएका थिए।

यो वर्षभरि नै नेपथ्यको रजत वर्षउत्सव घोषणा गरिसकेपछि ब्याण्डले पहिलो कन्सर्ट उसको थलो पोखरामै गरेको थियो।त्यसैले २७ वर्ष पहिले तयार पारिएको अनिब्याण्डकै पहिलो रेकर्ड भएको गीत ‘आँगनैभरि हिउँ नै झरे’ सुनाउने बेलामा नेपथ्यको पहिलो टोलीका सदस्यहरुको विभिन्न गतिविधि झल्काउने तस्बिरहरु पृष्ठभागमादेखाइएको थियो।‘हामी खेलेर हुर्केको यो ठाउँलाई पहिलेजस्तै सुन्दर राखिदिनुस् है,’ स्थानीय निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा उनले हात जोडेरै राजनीतिक चाँसो पनि ब्यक्त गरे, ‘कुन दलको मानिस भनेर होइन, पोखरालाई माया गर्ने असल मानिसलाई छानेर जिताइदिनुस्।’

दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन। नेपथ्यलाई सहयोग गर्दैआएका पोखरेली श्रष्टाहरुको सम्झना गर्ने क्रममा अमृतले संगीतकार सुक गुरुङको स्वास्थ्यलाभ कामनासमेत गरेका थिए।

उल्लेख्य संख्यामा विदेशी पर्यटकहरुसमेत भरिएको मैदानको तापक्रम सँधैजस्तै पछिल्लो समय उच्च भएको थियो ।त्यसै क्षण रविन्द्र मिश्रको ‘तिमी पनि नेपाली, म पनिनेपाली’ गीत सुनाएर कार्यक्रमको अन्त्य गरिएको थियो।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमाशान्ति रायमाझीले सघाएका थिए ।

‘फेरि उठ्नेछ नेपाल’ शिर्षकमा आयोजित यस कन्सर्टबाट भएको आर्थिक लाभको रकम कास्कीकै ल्वाङघलेलस्थित गौरीशंकर मणिलाल मावि र बाँसखर्क सल्यानस्थितभुमेश्वर प्राविलाई प्रदान गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बलिउडका ‘बादशाह’ शाहरुख खानको २५ वर्षे बलिउड यात्रा

    असार ११ – सन् १९९२ मा चलचित्र दिवानासँगै बलिउड प्रवेश गरेका बलिउडका ‘बादशाह’ भनेर चिनिने अभिनेता शाहरुख खानले दिलवाले दुल्हनिया लेजाएंगे, कुछ कुछ होता हे, कभी खुसी कभी घम जस्ता हिट चलचित्र दिए ।

  • घर कडा भएकाले लभ गर्न पाइएन : प्रदिप खड्का

    अभिनेता प्रदिप खड्का अभिनित सिनेमा ‘प्रेम–गीत २’ साउन १३ गते रिलिज हुँदैछ । उनले आफ्नै प्रोडक्शन हाउसबाट बनेको सिनेमा “स्केप”बाट अभिनयको सुरुवात गरेका हुन् । डेब्यू सिनेमाबाट खासै चर्चा र सफलता नपाएका प्रदीपलाई दोस्रो सिनेमा ‘प्रेमगीत’ले परिचित गरायो । अझ भन्ने हो भने उनी यही सिनेमाबाट रातारात स्टार बनेका हुन् । अहिले ‘प्रेमगीत’को सिक्वेलको प्रमोसनमा हिँडेका प्रदिपले हामीसँग आफनो किशोरावस्थाको अनुभव बाँडेका छन् ।

  • बारुदको गोली बनाउने पहिलो नेपाली कलाकार जुँगे भट्टराई

    काठमाडौं, असार ११ – कलाकार उद्धव भट्टराईले आफ्नो पहिचान नै जुँगा बनाए । जुँगा पालेकै कारण उनलाई सबैले जुँगे भट्टराईका नामले चिन्न थाले र सम्बोधन पनि गर्न थाले ।

  • रोशनको एकल एल्बम ‘वन्ली यू’ विमोचित

    भक्तपुर, असार ११ – चौध वर्षको नियमित साधनापछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यू’ आज सार्वजनिक गरिएको छ ।

  • भोट माग्ने काइदाः लिम्बुदेखि देउडा गीतसम्म

    पहिलो चरणमा ठेट नेपाली भाषामा लोक दोहोरी गीत मार्फत भोट मागेको एमालेले अहिले देउडा, भोजपुरी, मैथीली लगायत भाषामा गीत बनाएर चुनावी प्रचारप्रचार संगीतमय बनाएको छ । एमालेलाई मधेस विरोधीको आरोप लागेकोले पनि मैथीली, अवधी र भोजपुरी भाषामा धेरै चुनावी गीत बनाएर प्रचार गरिरहेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया