MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

विषादीको प्रयोग घटाउँदा पनि उत्पादन घट्दैन

चैत २८ – खाद्यान्न उत्पादन वृद्धिका लागि प्रयोग गर्ने गरिएको रसायनिक विषादीको मात्रा कम गर्न सकिने र त्यसले उत्पादनमा कमी नआउने एक अध्ययनले देखाएको छ । फ्रान्सका ठूला कृषि फर्ममा गरिएको अध्ययनबाट उत्पादनमा नकारात्मक प्रभाव नपर्ने गरी रसायनिक विषादीको मात्रा घटाउन सकिने देखिएको हो । कृषि फर्मको नाफामा प्रभाव नपर्ने गरी विषादीको प्रयोग घटाउन सकिने देखिएको छ । पछिल्लो समय उत्पादकहरु स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने रसायनिक विषादीको प्रयोग सकेसम्म कम गर्न इच्छुक रहेको अनुसन्धानकर्ताले बताएका छन् । तर रसायनिक विषादीको विकल्पमा प्रयोग गर्न सकिने उपचार पद्धतिमा किसानको पहुँच कम हुनु चुनौतिपूर्ण रहेको अनुसन्धानमा संलग्नले बताएका छन् ।

विश्वको जनसंख्या बढ्दै जाँदा खाद्यान्नको माग बढ्दै जाँदा उत्पादन बढाउन भन्दै विषादीको प्रयोग बढी हुने गरेको छ । तर बढ्दो जनसंख्याको मागलाई धान्न गरी खाद्यान्न उत्पादन गर्न विषादीको प्रयोग गर्नु नपर्ने देखिएको हो । विश्वको जनसंख्या सन् २०५० सम्ममा ९ अर्ब पुग्ने अनुमान छ ।

फ्रान्समा एक हजार भन्दा कृषि फर्ममा गरिएको अनुसन्धानबाट विषादीको प्रयोग कम गर्दा उत्पादनमा प्रभाव नपर्ने देखिएको हो । विषादीको प्रयोग, उत्पादन र मुनाफालाई आधार मानेर गरिएको अनुसन्धानमा रसायनिक विषादी कम प्रयोग गर्दा ९४ प्रतिशत फर्मको उत्पादनमा कुनै प्रभाव नपरेको देखिएको हो । अनुसन्धान प्रतिवेदन नेचर प्लान्ट जर्नलमा प्रकाशित भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया