MENU

अर्थ

Ncell Axiata
chhaka panja

हिमालयशम्शेरदेखि कुलमानसम्म, यी हुन् एफएनसिसिआई गोल्ड अवार्ड पाउने १२ जना

काठमाडौं, चैत २८ – नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न विधामा ‘एफएनसिसिआई गोल्ड अवार्ड’ प्रदान गरेको हो । महासंघको ५१ औँ साधारणसभा विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवार्ड हस्तान्तरण गर्नुभएको हो ।   

‘एफएनसिसिआई गोल्ड अवार्ड ट्रेन्ड सेटर’ नेपाल राष्ट्र बैंकका गभर्नर हिमालयशम्शेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य, सञ्चार क्षेत्रका कैलाश सिरोहिया, हवाई क्षेत्रका वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रका नकिम उद्दिन, सूचना प्रविधि क्षेत्रका भद्रराज पाण्डे, शिक्षा क्षेत्रका प्रा डा सुरेशराज शर्मा, स्वास्थ्य क्षेत्रका डा सन्दुक रोइत, सामाजिक क्षेत्रका अनुराधा कोइराला, सार्वजनिक क्षेत्रका कुलमान घिसिङ, उत्पादन क्षेत्रका स्व रामलाल जी गोल्छा र सेवा क्षेत्रका स्व लक्ष्मणबाबु श्रेष्ठलाई दिइएको हो ।

त्यसैगरी कार्यक्रममा महासङ्घका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज बैंद्य र प्रदीपजङ्ग पाण्डेलाई सम्मान गरिएको थियो । 

उद्योग वाणिज्य महासङ्घलाई सहयोग गर्ने समाजसेवी यज्ञबहादुर केसी, आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने स्व सञ्जय न्यौपाने र महासङ्घमा निरन्तर २५ वर्ष सेवा गर्दै आएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक क्षेत्रलाई माथि उठाउन स्वदेशी उद्योगको प्रवद्र्धन आवश्यक भएको बताउँदै सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया