MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण

चितवन, चैत २८ – प्रजाति संरक्षणका लागि शुक्लाफाँटा पठाउन चितवन राष्ट्रिय निकुञ्जले ढाट गरेर सोमबार एउटा पोथी गैँडा नियन्त्रणमा लिएको छ । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बिहान ९ बजेतिर गैँडा नियन्त्रणमा लिइएको हो । 

यसअघि चारवटा गैँडा निकुञ्जले शुक्लाफाँटा पठाइसकेको छ । सोमबार समाएको गैँडा योपटकका लागि अन्तिम भएको उहाँले जानकारी दिनुभयो । यही चैत २१ गतेबाट यहाँ गैँडा स्थानान्तरणको काम सुरु भएकामा सोमबारसम्म ६ वटा गैँडा नियन्त्रणमा लिइएकामा एउटा भाले गैँडा भने बर्दिया पठाइएको छ । 

गैँडा समाउन चिकित्सक र प्राविधिक टोलीसहित ३० हात्ती र झन्डै १०० जनाको टोली निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको थियो । सन् २००१ मा शुक्लाफाँटामा पहिलोपटक यहाँबाट चारवटा गैँडा पठाइएको थियो । 

सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् । त्यसमध्ये ६०५ वटा चितवनमा छ भने आठवटा शुक्लाफाँटामा छन् । बर्दियामा २९ र पर्सामा तीनवटा गैँडा थिए । अहिले भने गैँडाको सङ्ख्या बढेको जनाइएको छ । 

शुक्लाफाँटा र बर्दियामा ९८ गैँडा स्थानान्तरण 

चितवन राष्ट्रिय निकुञ्जले बर्दिया र शुक्लाफाँटामा हालसम्म ९८ वटा दुर्लभ एकसिङ्गे गैँडा स्थानान्तरण गरेको छ । 

सन् १९८६ देखि सुरु भएको गैँडा स्थानान्तरणमा अहिलेसम्म बर्दियामा मात्रै ८९ वटा गैँडा पठाइसकिएको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण भएको चितवन निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् १९८६ देखि २०१५ सम्ममा बर्दियामा ४० भाले र ४८ पोथी गैँडा पठाइएको थियो । अघिल्लो हप्तामात्रै फेरि बर्दियामा एउटा भाले पठाइएको छ । आजसमेत गरेर शुक्लाफाँटामा एक भाले र चार पोथी पठाइएको निकुञ्जले जनाएको छ । 

त्यही हुर्केका र अहिले स्थानान्तरण गरिएका गरी शुक्लाफाँटामा हाल १४ गैँडा पुगेका छन् भने बर्दियामा ३५ गैँडा पुगेको तथ्याङ्क छ । द्वन्द्वका बेला लगिएका गैँडा अत्यधिक रुपमा तस्करले मारेका थिए । बर्दियामा ८३ वटा गैँडा तस्करले नै मारेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दही चिउरा खाँदै, धान दिवस मनाईंदै

    काठमाडौं, असार १५ – आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

  • प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

    काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया