MENU

अर्थ

Ncell Axiata
USAID

राष्ट्र बैंकले वैशाख ३ देखि २५ करोड रुपैयाँ बराबरको वैदेशिक राेजगार बचत पत्र विक्रि गर्ने

रीतु थेबे/उज्यालो । 

काठमाडौं, चैत २८ – नेपाल राष्ट्र बैंक राष्ट्रऋण व्यवस्थापन विभागले आउँदो २०७४ साल वैशाख ३ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगार बचत पत्र विक्रि गर्ने भएको छ । 

बैंकले २५ करोड रुपैयाँको बचत पत्र वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीलाई लक्षित गरेर जारी गर्न लागेको हो । यसअघि गएको चैत २ गते २४ गतेसम्म बचत पत्र विक्रि गरिएको थियो । 

विदेशबाट काम गरी फर्किएको ४ महिना नपुगेका कामदार र विदेशमा काम गर्नेहरुको एकाघरका सदस्यहरुले पनि बचत पत्र किन्न सक्नेछन् । विदेशमा भएका व्यक्तिको बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरीले बचत पत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

पाँच वर्षे अवधिको बचतपत्रमा ६/६ महिनामा ब्याज पाउने व्यवस्था गरिएको छ । पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट बचत पत्रको ब्याज लिन सकिने छ । 

राष्ट्र बैंकका अनुसार बचत पत्रलाई धितो राखेर ऋणसमेत लिन सकिनेछ । बचत पत्र कम्तीमा ५ हजार रुपैयाँ बराबरको खरिद गर्नुपर्नेछ ।

बचत पत्रका लागि आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा पाउन सकिन्छ । अथवा राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np  बाट पनि आवेदन फारम डाउनलोड गर्न सकिन्छ ।

राष्ट्र बैंकको बचत पत्र खरिद गर्नु भनेको बैंकलाई ऋण दिएको जस्तै हो । तपाईंको पैसा बैंकले लिन्छ र पैसा लिएको प्रमाण दिन्छ । तोकिएको अवधि पूरा भएपछि प्रमाण पत्र फिर्ता गरेर आफ्नो पैसा पाइन्छ । 

बचत तथा मुद्दती खातामा रकम राख्दा पाउने ब्याजभन्दा बचत पत्र खरिद गर्दा पाईने ब्याज धेरै हुन्छ । त्यसैले बचत पत्र खरिद गर्नु फाइदाजनक हुन्छ । अहिले राष्ट्र बैंकले बचत पत्रमा १० प्रतिशत ब्याज दिइरहेको छ ।  

बैंकले बचतपत्र खरीद गर्न नेपालमा १३ र नेपालबाहिर आठ वटा कम्पनीलाई एजेन्ट तोकेको छ । काठमाडौंका सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड कमलादी, एनएमबि बैंक लिमिटेड बबरमहल, नबिल बैंक लिमिटेड तीनधारा दरवारमार्ग, माछापुच्छ्रे बैंक लिमिटेड लाजिम्पाट, प्रभु बैंक लिमिटेड अनामनगर, सनराइज बैंक लिमिटेड गैह्रीधारा, सिद्धार्थ बैंक लिमिटेड हात्तीसार, सानिमा बैंक लिमिटेड नक्साल, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पुतलीसडक, प्रभु मनि ट्रान्सफर प्रालि लैनचौर, सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालि कमलादी, आइएमइ लिमिटेड पानीपोखरी र सेवा रेमिट प्रालि कुलेश्वरबाट बचत पत्र खरिद गर्न सकिने छ । 

बिक्री एजेन्टहरुका शाखा कार्यालयहरु मार्फत समेत फाराम बुझाउन सकिनेछ । विदेशमा कार्यरत तथा गैर आवासीय नेपालीले आइएमइ लिमिटेड, प्रभु मनि ट्रान्सफर प्रालि, प्रभु बैंक लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड, सनराईज बैंक लिमिटेड र सेवा रेमिट प्रालिमार्फत आवेदन दिन र बचतपत्र खरीद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

आवेदन साथ पेश गर्नुपर्ने कागजात 

पासपाेर्ट, आफू कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), काम गरिरहेको कम्पनीको परिचयपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी पैसा  नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए त्यस खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर संलग्न गर्नुपर्ने छ ।

त्यस्तै परिवारका सदस्यको नाममा खरिद गर्ने भए ती सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पनि संलग्न गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया