MENU

मनोरञ्जन

Ncell Axiata

जब अस्पतालमा माग्नेलाई केपी ओली भनेर बोलाइयो ...

काठमाडौं, चैत २८ – हाँस्य क्षेत्रका हस्ती केदार घिमिरे (माग्ने बुढा) को स्वास्थ्य अवस्था अहिले राम्रो हुँदै गइरहेको छ । सोमबार नयाँ बानेश्वरमा आयोजित उनको ४३ औँ जन्मदिन विशेष कार्यक्रममा उनी आफैले आफू निको भइसकेको जानकारी दिएका छन् ।  
बिरामी भएको समयमा उनले धेरै अस्पतालहरुमा उपचारको लागि धाउनु पर्यो । स्वास्थ्य उपचारको पहिलो चरणमा उनलाई युरिक एसिड भयो भनिएको थियो । उनले त्यसैअनुसार औषधि उपचार गरे ।  पछि उनले पेटको जाँच गरे जसमा उनलाई अल्सर भयो भनियो । अनि त्यसैअनुसार उनले औषधि उपचार गराए ।  त्यो अवस्थासम्म पनि आफ्नो स्वास्थ्यमा सुधार नआएपछि उनी एक प्राइभेट मानसिक अस्पतालमा पुगे । मानसिक अस्पतालमा डिप्रेशन भएको रिर्पाेट आयो । अनि उनले त्यसैअनुसार औषधि खाए । त्यहि क्रममा घटेको एउटा रमाईलो पल उनले जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका छन् । 

खास कुरा के भएछ भने डिप्रेशन भएको थाहा पाएपछि पहिले उनले गैरसरकारी अस्पतालमा जँचाउने गरेका थिए । त्यहाँ विरामीहरु पनि कम हुन्थे । सेवा पनि राम्रो पाइन्थ्यो । तर उक्त अस्पताल घरबाट टाढा भएका कारण लगनखेलको मानसिक अस्पतालमा जानको लागि उनलाई उक्त गैरसरकारी अस्पतालले सुझायो ।  

लगनखेलको मानसिक अस्पतालमा जाँदा केदारले केही अचम्मका दृश्यहरु देखे । कसैलाई नाङ्गै ल्याईएको थियो त कसैलाई थुनेर ड्याम.. ड्याम.. हानिँदै थियो । त्यहाँका बिरामीको अवस्था देख्दा केदारलाई पनि आफू नराम्रोसँग रोगि भएछु भन्ने लागेछ । उपचारको लागि लाइनमा बस्नु पर्ने । विरामीको नाम बोलाउँदा पनि कुनै स्टेज कार्यक्रमहरुमा बोलाए झैँ ठूलो आवाजमा बोलाएको उनले त्यहाँ देखे । अनि त्यो भिडमा एक चर्चित कलाकारको नाम बोलाउँदा सबैले चिन्ने र पागल भन्ने डरले केदारलाई सताएछ । यहि कारण उनले आफ्नो नामलाई अलिकति परिवर्तन गरिदिएछन् । 

केदार प्रसाद घिमिरेको साटो उनले केपी घिमिरे भनेर नाम लेखाएछन् । अरुले चिन्ने डरले आफ्नो हुलिया पनि बदलेर दाह्री जुंगा काटेर उनी अस्पताल पुगेका उनको जाँचको क्रममा उनको पालो आयो । उनको नाम ठूलो स्वरले के पी घिमिरे भन्नु पर्ने ठाउँमा के पी ओली आउनुहोस्... भनेर बोलाईएछ । यो नाम देशकै चर्चित नेताको भएका कारण उनलाई झनै सबैले हेरेछन् । आफूलाई जे कुराको डर थियो त्यहि भएको भन्दै केदारले यो पल जीवनकै अविस्मरणीय भएको बताएका छन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया