MENU

अर्थ

Ncell Axiata
USAID

चुहानडाँडा सहकारीयुक्त गाउँ घोषणा

तेह्रथुम, चैत २९ – तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित चुहानडाँडाका सबै घरधुरी सहकारीमा आवद्ध भएपछि सहकारीयुक्त गाउँ घोषणा गरिएको छ ।

२०६६ सालमा सुरु भएको सहकारीमा साबिक चुहानडाँडा गाविसका ६ सय ८१ घरधुरी नै शेयर सदस्य बनेपछि जिल्लाकै पहिलो सहकारीयुक्त गाउँ घोषणा गरिएको हो ।

सुरुमा १५ महिला र २३ पुरुष गरी ३८ जनाबाट सुरु भएको संस्थामा अहिले यहाँका सबै घर आवद्ध भएको व्यवस्थापक कृष्ण बाँस्कोटाले बताउनुभयो ।

संस्थामा अहिले ४४ लाख ८७ हजार ४ सय ८४ रुपैयाँ निक्षेप संकलन भएको छ । अहिले ३ सय ६६ महिला र ३ सय १५ जना पुरुष सदस्य छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया