MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अमेरिकी मिसाइलका कारण सिरियाका २० प्रतिशत लडाकु विमानमा क्षति

चैत २९ – सिरियामा गएको हप्ता भएको रसायनीक आक्रमणपछि अमेरिकाले हवाई आक्रमण सुरु गरेको छ । हवाई आक्रमणका कारण सिरियाका २० प्रतिशत लडाकु विमान नष्ट वा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीले बताएका छन् ।

बिद्रोहीको नियन्त्रणमा रहेको सान शेखहोउनमा गएको हप्ता भएको रसायनीक आक्रमणमा बालबालिकासहित ८९ जनाको ज्यान गएको थियो । अमेरिकासहितका देशले आक्रमण रुसको सहयोगमा राष्ट्रपति बसर अल–असद सरकारले गरेको बताउँदै आएका छन् । तर सिरिया सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रसायनीक आक्रमण लगतै सिरियाली हवाई अड्डामा ५९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो । जी सेभेन राष्ट्रको बैठक इटालीमा भइरहेको छ । बैठकमा सिरियासँगको रुसको सहकार्य र त्यसबाट उत्पन्न परिस्थितिबाट बाहिर निस्कन अपनाउन सकिने उपाएका बारेमा छलफल भइरहेको छ । जी सेभेन राष्ट्रले सिरियाली राष्ट्रपति असदसँगको सम्बन्धका बारेमा पुनर्विचार गर्न रुससँग आग्रह गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया