MENU

अर्थ

Ncell Axiata
chhaka panja

सोमबारको तुलनामा आज रियाल, रिंगिट, दिर्हामको मूल्य महँगियो

काठमाडौं, चैत २९ – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४५ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २७ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र विक्रिदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ २१ पैसा र विक्रिदर २३ रुपैयाँ ३४ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०२ पैसा र विक्रिदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ १५ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ १२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ०३ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ६२ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया