MENU

अर्थ

Ncell Axiata
USAID

नेप्सेले नाघ्यो १७ सय अंक

काठमाडौं, चैत २९ – शेयर बजार परिसूचक नेप्से आज झण्डै ३४ अंकले बढेर १७ सय अंक नाघेको छ । नेप्से म‌ंगलबार ३३ दशमलव ६ अंकले बढेर १७ सय १० अंकको नजिक पुगेको छ ।

म‌गलबार सबैभन्दा धेरै बिमा समुह १ सय १ दशमलव ८८ अंकले बढको छ । त्यस्तै, विकास बैंक ५६ दशमलव ७, बैंकिङ ३७ दशमलव ५६, उत्पादन २१ दशमलव ६, जलविद्युत १४ दशमलव ५३, वित्त १३ दशमलव ९८, होटल ९ दशमलव ६२, र अन्य समूह शुन्य दशमलव २९ अंकले बढेको छ ।  

म‌ंगलबार कारोबार रकम पनि बढेको छ । कारोबार रकम हिजोभन्दा झण्डै २८ करोड रुपैयाँले बढेर १ अर्ब ९० करोड भन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । म‌ंगलबार एनसिसि बैंकको शेयर ९ करोड भन्दा धेरैको कारोबार भएको छ । 

मंगलबार अपि हाइड्रो र लक्ष्मी लघुवित्तका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् भने आइएलएफसिओ वित्तीय संस्था, तिनाउ विकास बैंक, बोटलर्स नेपाल, सूर्य लाइफ रिलायवल माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, ग्रीन डेभलपमेण्ट बैंक लगायत कम्पनीको शेयर पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ । 

समग्र बजार बढेपनि आज खानीखोला जलविद्युत, सेती फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, बुटवल पावर, सिन्धु विकास बैंक लगायतको शेयर मूल्य भने घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया