MENU

मनोरञ्जन

Ncell Axiata
USAID

प्रियंकाको आग्रह : अफेयरको हल्ला हल्लामै छाडिदिनुस्

काठमाडौं, चैत २९ – अहिले अभिनेत्री प्रियंका कार्कीको अफेयरले नेपाली सिनेमाको बजार तताइरहेको छ । केही समय अघिसम्म अभिनेता दयाहाङ राईसँग नाम जोडिएर चर्चामा आएकी प्रियंकाको यतिबेला ‘चपली हाईट’बाट सिने नगरीमा डेब्यु गरेका अभिनेता आयूष्मान देशराज जोशीसँग नाम जोडिएको छ । यो जोडीले अहिले सिनेमा ‘कथा काठमाडौंको’मा  एकसाथ काम गरिरहेको छ ।  

यहि सिनेमामा काम गर्ने क्रममै यी दुई अफेयरमा रहेको हल्ला सुरु भएको हो । एउटै सिनेमामा काम गर्ने भएपछि यी दुईको भेट बाक्लिँदै गयो । आयुष्मान आफ्नो सुटिङ नहुँदा प्रियंकालाई कुरेर दिनभर सेटमा बस्ने गरेको र प्रियंकाले पनि आफ्ना केही निकट साथीहरुलाई आफू आयुषमानको प्रेममा रहेको कुरा बताएको खबर केही दिन अघि मात्रै प्रकाशित भएको थियो । त्यस्तै यी दुई केही दिनअघि मात्रै काठमाडौंको एक क्लबमा एकअर्काको अंगालोमा रमाईरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।  

प्रेमिका परमिता राणासँग ब्रेकअप भएपछि आयूष्मान प्रियंकासँग नजिकिएको बताईन्छ । परमिता एक मोडल हुन् जोसँग आयुष्मान लामो समयसम्म प्रेममा रहे । यी दुईको ब्रेकअप हुनुको कारण केहीले प्रियंका भएको अड्कल काटेका छन् । तर सिने बजारमा चलेको यो हल्ला के रहेछ ? भनेर हामीले अभिनेत्री प्रियंका कार्कीसँगै बुझ्ने कोशिस गर्दा प्रियंकाले यसलाई अहिले हल्लामै छाडिदिन आग्रह गरिन् । उनले प्रेममा छु या छैन त्यस बारेमा नभन्ने र सकेसम्म अहिले आफ्ना व्यक्तिगत कुराहरुलाई सार्वजनिक गर्ने मुडमा नभएको जानकारी दिइन् । 

पति रोचक मैनालीसँग डिभोर्स भएपछि प्रियंकाको नाम अभिनेता अुनप विक्रम शाही र दयाहाङ राईसँग पनि जोडिएको थियो ।  

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया