MENU

अर्थ

Ncell Axiata
USAID

महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा विजयी

काठमाडौं, चैत ३० – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको छ । 

गोल्छाले प्रतिद्वन्द्वी किशोर प्रधानलाई फराकिलो मत अन्तरले हराउनुभएको हो । गोल्छाले ६३.३० तथा प्रधानले ३६.७० प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

जितसँगै गोल्छा तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ । महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनुहुने छ ।

देशको पुनारो औद्योगिक घराना गोल्छा समूहका कार्यकारी निर्देशक युाव उद्यमी गोल्छा यसअघि एसोसिएटतर्फ उपाध्यक्ष हुनुहुन्थ्यो भने प्रधान जिल्ला नगरबाट उपाध्यक्ष हुनुहुन्थ्यो ।

जिल्ला र नगर समूहको उपाध्यक्षमा प्रधान समूहबाट प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ५३ तथा उहाँका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाउनुभयो । वस्तुगततर्फको उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आफ्नो कार्यकालमा नीतिगत सुधारमा जोड दिने बताउनुभएको छ । 

यसैबिच महासंघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष बन्नुभएकी भवानी राणाले बुधबार पदबहाली गर्नुहुनेछ । विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट उहाँ स्वतः अध्यक्ष बन्नुभएको हो ।

उहाँलाई निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुहुनेछ । राष्ट्राध्यक्षसहित न्यायपालिका र व्यवस्थापिकामा पनि महिला नेतृत्व रहेका बेल निजी क्षेत्रले पनि महिला नेतृत्व पाएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया