MENU

यो पनि समाचार

Ncell Axiata
USAID

अजिंगर लागुऔषध दुर्व्यसनमा फस्यो, लगियो सुधारगृह

चैत ३० – अस्ट्रेलियामा लागुऔषधको दुर्व्यसनमा फसेको अजिंगरलाई दुर्व्यसन मुक्त गराइएको छ । गएको वर्ष अस्ट्रेलियाका प्रहरीले क्रिष्टल मेथामफेटामिन ल्याबमा छापा मारेको थियो । त्यहाँबाट लागुऔषध, लागुऔषध बनाउन प्रयोग हुने सामग्री तथा नगद बरामद गर्ने अपेक्षा थियो । तर प्रहरीले त्योसँगै लागुऔषधको दुर्व्यसनमा फसेको ६ फिट लामो अजिंगर भेटियो । अजिंगरमा लागु औषध दुर्व्यसनको संकेत देखिएको थियो । अजिंगरले छालाबाट औषधि लिने गरेको थियो । प्रहरीले त्यो अजिंगरलाई उद्धार गरेर सुधारगृहमा राखे । वन्यजन्तु केयर प्रोग्रामका लागि छनौट भएका १४ जना कैदीले अजिंगरको सात महिनासम्म स्याहार गरे । सात महिनापछि अजिंगर लागुऔषधको दुर्व्यशनबाट मुक्त भएको पाइएको अस्ट्रेलियाका अधिकारीले बताएका छन् । उद्धार गर्नेबेला अजिंगरको छाला असामान्य रहेकोमा सात महिना लामो प्रयासपछि उ सामान्य अवस्थामा फर्किएको हो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन

    क्रिकेटमा एक ओभरमा कतिसम्म रन बनाउन सकिएला ? ट्वेन्टी ट्वेन्टी क्रिकेटको विकाससँगै २०/२५ रन त सामान्य नै लाग्न थालिसक्यो । ६ बलमा ६ छक्का नै हान्न सके पनि ३६ रन मात्र बनाउन सकिन्छ । नोबल, वाइड भएमा अरु केही रन होला ।

  • आफैले बनाएको रोबोर्टसँग इन्जिनियरले गरे विवाह

    चैत २३ – चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए ।

  • बाटोको छेउमा दिसा गर्ने १७ जना पक्राउ, समाते एक अर्काको कान

    जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया