MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

प्रेम गीत-२ को शीर्ष गीत सार्वजनिक, थाइल्याण्डमा अश्लेशा र प्रदीपको रोमान्स

काठमाडौं, चैत ३० – ७४ सालको प्रतिक्षित सिनेमा प्रेमगीत-२ को शीर्ष गीत रिलिज गरिएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाएका छन् । नजिकिएको नयाँ वर्ष र गायक क्षेत्रीको जन्मदिनको छेकोमा बुधबार गीत रिलिज गरिएको हो ।  

चर्चित रक ब्याण्ड १९७४ एडीका लिड भोकलिस्टसमेत रहेका क्षेत्रीको यो पहिलो पाश्र्वगायन हो । अमृत मरहठ्ठाद्वारा लिखित शब्दमा प्रेमको मीठास महसुस गर्न सकिन्छ । कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा नव अभिनेत्री अश्लेषा ठकुरी र नायक प्रदीप खड्कालाई फिचरिङ गरिएको छ ।

थाइल्यान्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीलाई आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । अश्लेषा र प्रदीपको केमेस्ट्रि राम्रो देखाउन नृत्य निर्देशक रेनसा राईले निकै राम्रो प्रयास गरेकी छिन् । 

पुरुषोत्तम प्रधानको छायांकनले गीतलाई थाई भूगोलसँग अझै सामिप्य तुल्याएको छ । नेपाल र म्यानमारका दुई पात्रबीचको प्रेम, संघर्ष चित्रण गरिएको सिनेमा अघिल्लो सुपरहिट ‘प्रेमगीत’कै अर्को संस्करण हो । आगामी साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन प्रोडक्सनको ब्यानरमा सन्तोष सेनले यसलाई निर्माण गरेका हुन् । 

यसपटक संगीत र कथामा स्तरीयता पस्कने प्रयत्न गरिएको निर्माण कम्पनीले जनाएको छ । ‘गुणस्तरका लागि हामीले सम्झौता गरेका छैनौं, मलाई आशा छ, दर्शकले ‘प्रेमगीत २’ बाट अझै स्तरीय मनोरन्जन प्राप्त गर्न सक्नुहुन्छ’ निर्माता सेनले भने । निर्माण कम्पनीले प्रचारप्रसारलाई लक्षित गर्दै उक्त गीतमा कभर गीत प्रतियोगिता आयोजना गर्ने र विजेता दुई पुरुष र दुई महिलालाई पुरस्कार प्रदान गर्ने घोषणा गरिसकेको छ । 

 

उज्यालो र forseenetwork.com को सहकार्य 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया