MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

पाकिस्तानले गर्‍यो भारतीय जासुसलाई मृत्युदण्ड दिने फैसला, भारतसँग सम्बन्ध चिसिँदै

काठमाडौं, चैत ३० – जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला गरेपछि दुई देशबिचको सम्बन्ध झनै चिसिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नागरिकलाई मृत्युदण्डको सजायबाट बचाउन भारत जुनसुकै हदसम्म जान सक्ने संसदमा बताउनुभएको बिबिसीले जनाएको छ । 

भारतको यो प्रतिक्रियालाई लिएर पाकिस्तानका अधिकारीले भने भारतले कुनै कदम चाले आफूहरु पनि चुप लागेर नबस्ने, पाकिस्तानले त्यसको जवाफ दिने बताएका छन् । तर पाकिस्तानी नागरिकमा भने यो विषयलाई लिएर चिन्ता बढेको छ । 

भारतले सैन्य कारबाही गर्ने वा कुटनीतिक रुपमा कुनै कडा कारबाही गर्ने हो भन्ने बारेमा पाकिस्तानी नागरिकमा भय छाएको हो । पाकिस्तानका रक्षामन्त्रीका अनुसार मृत्युदण्ड पाएका कुलभूषणले अब सैन्य कानुनअन्तर्गत रहेर ४० दिनभित्र यो निर्यणविरुद्ध अपिल गर्न सक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया